उम्मेद्वारलाई मतदाताको प्रश्न : ‘कारागारको फोहोरको शिकार कहिलेसम्म हामी ?’

A notice in Nepali from Mechinagar Ward No. 10

२ फागुन, मेचीनगर :  भद्रपुर नगरपालिका वडा नम्बर —९ कारागार पूर्वका मतदाताहरुले अहिले मत माग्दैं घर— घर पुग्ने उम्मेद्वारहरुसँग मलमूत्रबाट निस्कने फोहोरको प्रवन्ध गरीदिन आग्रह गर्ने गरेका छन् । झापाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने सो स्थानका बासिन्दाहरु कारागार प्रशासन र भद्रपुर नगरपालिकाले कारागारबाट मलमूत्रबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा कारागार पूर्वतर्फका बासिन्दा पीडित भएको भन्दैं आफूकहाँ मत माग्दैं आउने उम्मेद्वारहरुसँग दुई दशकदेखि वेहोदैं आएको यो पीडाबाट मुक्त गरिदिन समेत आग्रह गर्ने गरेका छन् ।
झापाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिकाको १५, भद्रपुर नगरपालिकाको ९ र १० गरी दुईवटा तथा बुद्धशान्ति गाउँपालिकाको ४,५,६, र ७ सहित चारगरी कुल २१ वटा वडा रहेका छन् ।


शनिबार विहान मतदाताहरुसँगको भेटघाटमा पुगेका नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) का झापा निर्वाचन क्षेत्र नम्बर १ बाट आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार बनेका रामचन्द्र उप्रेती समक्ष त्यस क्षेत्रका बासिन्दाहरुले कैदीबन्दीको मलमूत्रले बर्षौदेखि हैरान भएको भन्दैं त्यस ठाउँको स्थलगत निरीक्षण समेत गराए । कारागारभित्रका शौचालयबाट निस्कने फोहोर उचित व्यवस्थापन नहुँदा स्थानीयवासी लामो समयदेखि समस्यामा परेको पीडा उम्मेद्वार उप्रेती समक्ष राखेका थिए । झापा जिल्ला कारागारबाट निस्कने ढलका कारण वरपरको वातावरण दुर्गन्धित बनेको उनीहरुकोे भनाई छ ।
स्थानीयका अनुसार त्यसक्षेत्रमा मत माग्दैं पुग्ने राजनीतिक दल वा स्वतन्त्र उम्मेद्वार सवैलाई यस्तै गुनासो गर्ने र स्थलगतरुपमा त्यस ठाउँको निरीक्षण समेत गराउने गरेका छन् । झापा कारागारका कैदीबन्दीकाको मलमूत्रबाट निस्कने फोहोर पानीबाट स्थानीयवासी दुई दशकदेखि पीडामा रहेको भन्दैं स्थानीयले उम्मेद्वार समक्ष आक्रोस समेत पोख्ने गरेका छन् । ‘यदि स्थानीयवासी वा सर्वसाधारणले खोला वा सार्वजनिक स्थलमा फोहोर फाल्दा कानूनले दण्ड गर्ने वा जरिवाना गर्ने तर, कारागारबाट निस्कने फोहोर सर्वसाधारणका निजी जग्गामा पुग्दा सम्म सम्बन्धित निकाय मौन बस्न मिल्दैन ।’ झापा भद्रपुरका दधिराम काफ्लेले आक्रोश पोखे ।
कारगार प्रशासक रेवन्त भट्टराईका अनुसार झापा कारगारमा सात सय ५० जना कैदीबन्दीको क्षमता भएपनि अहिले एक हजार पाँच सय ५८ पुरुष ,७८ महिला र एक जना आश्रित नाबालकसहित कुल एकहजार छ सय ३७ जना छन् । भद्रपुर नगरपालिका वडा नम्बर ९ मा रहेको कारागारबाट दैनिक दुई हजार देखि २५ सय लिटर भन्दा बढी मलमूत्रसहित फोहोर पानी निस्कने गरेको छ । तर, त्यो फोहोर स्थानीयको खेतमा फाल्दा गाउँनै दुर्गन्धित बनेको गुनासो स्थानीयको छ । फोहोर नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र भद्रपुर नगरपालिकालाई आग्रह गरेपनि सुनुवाई नभएको स्थानीयको भनाई छ ।
कारागारका कैदीबन्दीले बिसर्जन गर्ने मलमूत्र गोबरग्याँसको ट्याङ्कीमा जाने गरेको र त्यसबाट निस्कने लेदो कारारगार पूर्वको भागमा फालिने गरेको स्थानीयको भनाई छ । कारागारको मलमूत्र मात्र होइन, ढलपनि पुर्वतर्फको खेतमा फाल्दा मलमूत्रको दुर्गन्धले स्थानीयवासी पीडामा रहेको स्थानीय टंक कट्वालले बताए । स्थानीयका अनुसार कारागारबाट बग्ने ढल नजिकैका निजी जग्गामा जम्दा खेतीयोग्य जमिन समेत प्रयोग विहिन छन् । तर, ती जमीनको कर भने जग्गाधनीले स्थानीय सरकारलाई बुझाई रहेका छन् । स्थानीयका अनुसार भिमनिधि न्यौपाने, चन्द्रमाया खड्का, रमेश वस्नेत, रुपा कठायत खडका, बालकुमार राई, भिष्म भट्टराई, विज्ञान राई, अर्पण राई, मिथिला दाहाल, कृष्णबाबु रिजाल, चुडामणि रिजाललगायत थुप्रै व्यक्तिको निक्कै विगाह जग्गा अहिले प्रयोग विहिन बनेको छ । धान, गहुँ तरकारी खेती हुँदै आएको उक्त जग्गामा अहिले एक प्रकारको जंगली वनस्पतिले भरिएको छ । त्यहाँ झण्डै पाँच विगाह जमिनमा बर्षैदेखि ढलको फोहोर जमिरहेकाले खेती गर्न नसकिएको पीडितहरुको भनाई छ ।

जस्का कारण खेतीयोग्य जमीन प्रयोग विहिन बनेको छ । अहिले त्यसक्षेत्रमा दुर्गन्धका कारण जान पनि नसक्ने अवस्था रहेको स्थानीयवासीको भनाई छ । ढलका कारण दुर्गन्धमात्र नभएर झिँगा र लामखुट्टेको प्रकोप बढेको छ । जस्ले विभिन्न खालका रोग फैलिने जोखिम बढेको छ । कारगार नजीकको टोल प्रत्यक्ष प्रभावित छन् ।

स्थलगत निरीक्षणका कारण आफूले समस्याका बारेमा राम्ररी बुझेको उम्मेद्वार उप्रेतीले बताए । जस्ले यो समस्या भोगीरहेका छन् उनीहरुमा आक्रोश तथा पीडा हुनु स्वभाविक पनि भएको उनको भनाई छ । ‘यहाँहरुको पीडालाई हामीले यहाँ आएर जति बुझ्यौ सोचेभन्दा धेरै पीडामा स्थानीयमा रहेछ’ स्थानीयसँग कुराकानी गर्दै उप्रेतीले भने, ‘यसको समाधान कसरी गर्न सकिन्छ, यसको प्रक्रियागत रुपमा वडाहुदैं नगरपालिकामा सामान्यरुपमा लिएर गएरमात्र समाधान हुर्दैन् । ’ आफु यसक्षेत्रबाट विजयी भए स्थानीय सरकारलाई साथमा लिएर सम्बनिधत निकायको ढोकासम्म् पुग्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
कारगार प्रशासक भट्टराईले विकासका मोडेल नभएका कारण समस्या आएको बताए । दिर्घकालिनरुपमा यसको समाधानको पहल भईरहेको उनले बताए । यसको उचित व्यवस्थापनका लागि सधन शहरी भवन निर्माण आयोजना कार्यालय भद्रपुरमा तीन करोड रुपैयाँ प्राप्त भएको भएपनि रकम रोक्का भएको कार्यालयले जानकारी गराएको कारागार प्रशासक भट्टराईले बताए । कारागारको फोहोर व्यवस्थापन गर्ने स्थानीय प्रशासनको भएको र केही समयअघि समसया समाधान हुने आश्वसन पाए पनि अहिलेसम्म काम नभएका कारण स्थानीयवासी आक्रोशित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.