लक्ष्मी उप्रेती
१५, साउनः मेचीनगर : झापाको मेचीनगर ६ काँकरभिट्टामा नेपाल आयातमा प्रतिवन्ध गरिए पनि जवरजस्ती अबैधरुपमा भारतबाट आयात गरिएका ६ लाख ६५ हजार ६ रुपैयाँ मुल्य बराबरको पेयपदार्थ र अन्य वस्तु नष्ट गरिएको छ ।
नेपाल सरकारले आयातमा रोक लगाएका वा नेपालमा प्रतिवन्धित मालवस्तु खरीदका लागि लाखौं रुपैयाँ विदेशिने गरेको पनि यसले पुष्टि गर्दछ । नेपाल–भारत सीमा नाका झापाको काँकरभिट्टा भएर भारतबाट ल्याइएको पेयपदार्थ पिउनयोग्य नभएपछि तथा नेपाल सरकारले आयातमा प्रतिवन्ध लगाएका मालवस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको हो । नष्ट गरिएका सामग्रीहरुमध्ये सवैभन्दा बढी पेयपदार्थमा कोक , फेन्टा, डिउ,चिसो, स्प्राईट, छन् ।
नेपाल भारत सीमाको काँकरभिट्टा नाकामा रहेको एकीकृत जाँच इकाईमा कार्यरत कर्मचारीहरुले विभिन्न समयमा बरामद गरेका ती सामान आज मेची भन्सार कार्यालय काँकरभिट्टामा खाल्डो खनेर नष्ट गरिएको हो । एकीकृत जाँच इकाईमा मेची भन्सार कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे. क्वां काँकरभिट्टाबाट खटिएका कर्मचारीहरुले यात्रुहरुले लिएर आएका मालवस्तु संयुक्तरुपमा चेकजाँच गर्दै आएका छन् ।

भन्सार अधिकारीहरुका अनुसार विभिन्न कर्मचारी, प्रतिनिधिहरु, प्रतिवेदक निकायले वारिसे, वेवारिसे भन्सार चोरी निकासी पैठारी मुद्धामा जफत भएका मालवस्तुहरु नेपालभित्र प्रतिवन्धित रहेको, नेपाल सरकारले तोकेको मापदण्डनपुगेको, उपभोग गर्न योग्य नरेहको एवम् सार्वजनिक स्वास्थ्यमा प्रतिकुल असर पार्नेतथा सडिगली गएकोले लिालाम गर्न नमिल्ने, जस्ता आधारहरुमा भन्सार ऐन,२०८२ को दफा ९२ (१) एवम् भन्सार नियमावली , २०८३ को नियम ९२ (१) (ग) बमोजिम मेची भन्सार कार्यालयको विभिन्न मितिमा भएको निर्णय अनुसार तथा स्थानीय मुल्यांकन समितिको मिति २०८३ साल साउन १५ गतेको निर्णय अनुसार मेची भन्सार कार्यालय परिसरभित्रउक्त मालवस्तु नष्ट गरिएको हो ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपाने, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निशेष चापागाईँ, सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे. क्वां काँकरभिट्टाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक विकास थापा अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण राईलगायत सरोकारवालाहरूको रोहवरमा ती कमसल तथा मापदण्ड नपुगेका पेयपदार्थलगायत अन्य मालवस्तु नष्ट गरिएको हो
। मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपाने, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निशेष चापागाईँ, सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे. क्वां काँकरभिट्टाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक विकास थापा अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण राईले ती सामान खाल्डोमा हालेर नष्ट गर्न शुरु गरेका थिए ।
अखाद्य तथा रसायनयुक्त पेयपदार्थको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरुले बताएका छन् । पेटसम्बन्धी समस्या, कुपोषण र विषाक्ततालगायतका समसया पैदा हुने चिकित्सकको भनाई छ ।

नेपालमा आयात प्रतिबन्ध गरिएको तथा पिउनयोग्य नभएपछि उक्त पेयपदार्थ सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिने गरेका छन् ।
पछिल्लो समय जिल्लामा बजार अनुगमन कार्य नभएकै कारण नेपाली व्यपारीहरुले नेपालमा प्रतिवन्धित तथा आयातमा रोक लगाएका पेयपदार्थ सस्तो मूल्यमा भारतबाट लुकाईछिपाई नेपालतर्फ ल्याउने गरेको सरकारी अधिकारीहरुको भनाई छ ।
अखाद्य र नेपाल सरकारले आयातमा प्रतिवन्ध गरेका वस्तु बिक्री वितरण गरेको पाइएमा व्यापारीलाई मुद्दासमेत चलाउन सकिने एकजना प्रहरी अनुसन्धान अधिकृतको भनाई छ ।


























