१० साउन, मेचीनगर : पाहुना टोली जर्जिएन फुटबल क्लब (जीएफसी ) कालेम्पोङ भारत झापाको काँकरभिट्टामा जारी ‘दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप–२०८३’ को प्रतियोगिताको पहिलो खेलबाटै बाहिरीएको छ ।
आज भएको खेलमा स्पर्धी बिर्तामोड युनाइटेड झापासँग ३—१ गोलको अन्तरले पराजित बनेपछि जर्जिएन फुटबल क्लब (जीएफसी) कालेम्पोङ भारत प्रतियोगिताको बाकी खेलबाट बाहिरिएको हो ।
यो जीत सँगै विर्तामोडले सेमिफाइनलको यात्राका लागि ढोका खोल्दै विहिबार रेडहर्स फुटबल क्लब इलाम र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी भारतबीच हुने खेलको विजयता टिमसँग भेट पक्का गरेको छ । विर्तामोडका लागि आशिष चापागाई नायक बने । उनकै २ गोलको मद्धतले विर्तामोडले सेमिफाइनलको यात्रा तय गरेको हो ।
निक्कै प्रतिस्पर्धात्मकरुपमा कुशल खेल प्रदर्शन गरेका दुवै टिमले मध्यान्तरअघिसम्म १/१ को बराबरी खेलेका थिए । खेलको १२ औँ मिनेटमा विर्तामोडका प्रशान्त लक्समको फ्रि किक नियन्त्रण गर्ने क्रममा कालेम्पोङका गोलरक्षक सचिन सुब्बाको हातबाट बल खसेपछि रिवन्स बलको फाईदा उठाउँदै विर्तामोडकै आशिष चापागाईँले सोझै पोस्टमा गरेको प्रहार कालेम्पोङका गोलरक्षकले बचाउँ गर्न सकेनन् ।

१२ औं मिनेटमा विर्तामोडले पहिलो गोल गरे लगत्तै कालेम्पोङका कुञ्जमान थापाले ३४ औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा पुर्याएका थिए । सौरभ तामाङको कर्नर प्रहारलाई हेडरमार्फत थापाले गोल गरेका थिए । मध्यान्तरअघिसम्म बराबरी खेले पनि खेलको ६२ औँ मिनेट आशिस चापागाईँले नै पुनः गोल गर्दै आफ्नो टिमलाई जीतको नजीक पुर्याएका थिए ।
त्यस लगत्तै ७२ औँ मिनेटमा पवन मास्केले विर्तामोडकै तर्फबाट गोल गरेका थिए । यो जीतसँगै विर्तामोडले सेमिफाइनलमा आफ्नो सीट सुरक्षित गरेको हो । आजको खेलको म्यान अफ दी म्याज विर्तामोडका आशिस चापागाईँ घोषित भए । उनलाई म्यान अफ दी म्याचको नगद राशी दुई हजार पाँच सय रुपैयाँसहित ट्रफी कार्यक्रमका प्रमुख अतिथि अतिथिलगायतले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।
भोलीको खेल आयोजक काँकरभिट्टा युवा क्लब मेचीनगर र उर्लाबारी फुटबल क्लब मोरङबीच हुने आयोजक क्लबका अध्यक्ष अनिल गुप्ताले बताए । यो खेलको विजयी टिमसँग उदघाटन खेलको विजयी सशस्त्र प्रहरीको विभागिय एपीएफ क्लब पकलीले पहिलो सेमीफाईनल खेल्ने छ । आगामी साउन १६ गते हुने प्रतियोगिताको फाइनल विजेताले नगद नगद एक लाख एक हजार एक सय रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले नगद ५१ हजार पाँच सय ५० रुपैयाँ नगदसहित ट्रफी हात पार्ने छ ।


























