मेटा कम्पनीका २ चर्चित सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा विश्वभर नै समस्या देखिएको छ । प्रयोगकर्ताहरुले एकाएक फेसबुक र इन्स्टाग्राममा लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरेका छन् ।
तर, समस्या उत्पन्न हुनुको कारणबारे हालसम्म मेटाले आधिकारिक रुपमा केही जानकारी दिएको छैन । नेपाली समय अनुसार मंगलबार रातिदेखि यो समस्या देखिएको हो ।

























