परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

तुर्कीएमा आयोजित कोप-३१ सम्मेलनका अवसरमा भएको द्विपक्षीय भेटमा जलवायु परिवर्तन, विश्व शान्ति र पुनर्निर्माणका विषयमा छलफल भएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल

📌 मुख्य बुँदाहरू:

  • परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच तुर्कीएमा भेटवार्ता भएको छ।
  • भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना प्रकट गरेकोमा मन्त्री खनालले महासचिव गुटेरेसप्रति आभार व्यक्त गरे।
  • महासचिव गुटेरेसले विश्व शान्ति स्थापनामा नेपालको सेना तथा प्रहरीले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे।
  • बैठकमा जलवायु वित्त वृद्धि, बहुप्रकोप पूर्वसूचना प्रणाली र पुनर्निर्माण प्रयासबारे विचार आदानप्रदान भयो।

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) का अवसरमा तुर्कीएका अन्ताल्यामा उहाँहरूबीच यो भेटवार्ता भएको हो।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभएकोमा महासचिव गुटेरेसप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले संयुक्त राष्ट्रसंघको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका लागि महासचिवले पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्नुभयो। सो अवसरमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पुर्‍याउँदै आएको महत्त्वपूर्ण योगदानको सराहना गर्नुभएको थियो।

जलवायु परिवर्तन र पुनर्निर्माणमा सहकार्य

भेटमा दुवै पक्षबीच नेपालको पुनःस्थापना तथा पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यका विषयमा समेत विस्तृत विचार आदानप्रदान भएको थियो।

उक्त भेटमा क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विषयमा छलफल हुनुका साथै जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.