१२ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सूर्य चिन्हमा मतदान गर्न विल्सन विक्रम राई ‘तक्मे बुढा’को आग्रह

सेयर:

२७ वैशाख, बिर्तामोड : हाँस्य कलाकार विल्सिन विक्रम राई ‘तक्मे बुढा’ पछिल्लो समय नेकपा एमालेको चुनावी अभियानमा व्यस्त रहनु भएको छ ।
स्थानीय तहको निर्वाचन मिति नजिकिएसंगै नेकपा एमालेले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा आयोजना गरेको चुनावी कोणसभामा ‘तक्मे बुढा’ले प्रस्तुती दिँदै आउनु भएको हो । उहाँले खुलेरै एमालेका उम्मेदवारहरुलाई भोट माग्दै आउनु भएको छ ।
केहि दिन अघि देखि अर्जुनधारा नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदको उम्मेदवार बलदेव गोम्देन तामाङको चुनावी कोणसभामा प्रस्तुती दिँदै आउनु भएका ‘तक्मे बुढा’ले आइतबार र सोमबार बिर्तामोडको चुनावी कोणसभामा प्रस्तुती दिनु भयो । उहाँले बिर्तामोडमा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईलाई मत दिएर जिताउन सबैलाई आग्रह गर्नु भयो ।
तक्मे बुढाले ‘उपमेयर हुँदा काम गरिन फेयर,यसपालीको चुनावमा पवित्रालाई बनाउनु पर्छ मेयर’भन्ने गीत मार्फत पनि भोटको अपील गर्नु भएको थियो । ‘तक्मे बुढा’ले भोट के मा ? भनेर नारा लगाउँदा सयौँको संख्यामा भेला भएकाहरुले सूर्यमा भनेर थपेका थिए ।

हाँस्य कलाकार तक्मे बुढाले आइतबार बिर्तामोडको हर्चना र आज वडा नम्बर ९ को कञ्चनटोलमा प्रस्तुती दिनु भएको हो । बिर्तामोड कलाकार तक्मे बुढाको गृहनगर पनि हो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।