इटहरी । आफ्नै नातिनीलाई मारेर खेतमा गाड्ने सुनसरीका वसन्त खत्वे १२ वर्षपछि पक्राउ परेका छन् ।
गत ६६ साल वैशाखमा उनले ५ वर्षिया नातीनी सोसिला कुमारी खत्वेको घाँटी बटारेर मारेका थिए । त्यसपछि प्लाष्टिकको बोरामा हालेर खेतमा गाडी उनी भागेका थिए । उनलाई अदालतबाट जन्म कैद सजाय तोकिएको थियो ।
लामो समयसम्म पक्राउ पर्नबाट जोगिएका उनलाई सुनसरी प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

























