मेचीनगरमा थप दुई जना पुरुषको कोरोनाबाट मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

२७ साउन, काँकरभिट्टा : मेचीनगरमा आज फेरि दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मेचीनगर–४ का ४५ वर्षीय पुरुषको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा मंगलबार बेलुका मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नविन बरालले जानकारी दिए ।

उनको यहि २५ गते एन्टिजेन टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यस्तै मेचीनगर–९ का ७५ वर्षीय पुरुषको भद्रपुर स्थित मेची प्रादेशिक अस्पतालमा बुधबार विहान साढे ९ वजे मृत्यु भएको संयोजक बरालले बताए । उनको १५ दिनअघि एन्टिजेन टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

दुवै जनाको शवलाई अहिले धुलाबारी स्थित रामघाटमा नेपाली सेनाको टोलीले दाहसंस्कार गर्ने तयारी भईरहेको उनले जानकारी दिए ।

योसँगै मेचीनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.