१२ भदाै, कनकाई : जिल्लामा रगतकाे अभावलाई कम गर्ने उद्धेश्यले शनिवार झापाकाे कनकाई स्थित सुरूङ्गामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । राेटरी क्लव अफ सुरूङ्गा र रोट्रयाक्ट क्लव अफ सुरूङ्गाले संयुक्त रूपमा आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ३ महिला र ३७ पुरूष गरि ४० जनाले रक्तदान गरेकाे राेटरी क्लव अफ सुरूङ्गाका अध्यक्ष सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

कार्यक्रममा यस अघि ३४ पटक रक्तदान गर्नुभएका स्थानीय युवा प्रविन तिम्सिनाले समेत रक्तदान गरी ३५ पटक पुर्याउनुभएकाे छ । कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पाेखरेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्राविधिक सहयाेग नेपाल रेडक्रस सोसाइटी विर्तामोडले उपलब्ध गराएकाे थियाे । संकलित रगत सबै नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएकाे छ ।


























