कर्णालीद्वारा मृतक दम्पतीको परिवारलाई ४ लाख ८० हजार राहत वितरण

A notice in Nepali from Mechinagar Ward No. 10

-रोहित काफ्ले
२५ भाद्र, भद्रपुर : दुर्घटनामा ज्यान गुमाएका आफ्ना सदस्य दम्पतीको परिवारलाई कर्णाली वचत तथा ऋण सहकारी संस्थाले राहत रकम उपलब्ध गराएको छ ।
झापाको कनकाई नगरपालिका, सुरुंगामा होटल सञ्चालन गर्दै आएका शेयर सदस्य पूर्णबहादुर विष्ट र उनकी पत्नी भीमा विष्टको डेढ महिनाअघि दमकको चियाबगानमा ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएकोमा विर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली सहकारीले सदस्य विमावापतको चार लाख रुपैयाँ र उपचार खर्च सहयोगवापतको ८० हजार गरी चार लाख ८० हजार रुपैयाँ शुक्रबार एक संक्षिप्त कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

सुरुंगास्थित डिलाइट होटलको सभाहलमा आयोजना गरिएको संक्षिप्त कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले उक्त रकमबराबरको चेक दिवंगत दम्पतीका छोरा निशान विष्टलाई हस्तान्तरण गरिन् ।
कर्णालीले विष्ट दम्पतीको निधन भएको ४५ औं दिनको पुण्यतिथिको सन्दर्भ पारेर संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत परिवारलाई राहत रकम वितरण गरिएको संस्थाका अध्यक्ष टीएस प्रधानले बताए ।

संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले औचित्यमाथि प्रकाश पारेको र शिक्षा उपसमितिका सदस्य देवी थापाले सञ्चालन गरेको कार्यक्रममा सुरुंगा सेवाकेन्द्र उपसमिति सदस्य शान्ताकुमारी अधिकारीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा जेष्ठ नागरिक पुण्यप्रसाद बाराकोटी, सामाजिक व्यक्तित्व रविन्द्र लम्साल, ख्याम ओली, विष्णु विमली, जेष्ठ नागरिक समाजका पुण्यप्रसाद बाराकोटीलगायतले दिवंगत विष्ट दम्पतीको मेहनत, कामप्रतिको लगाव एवम् शालीनताको चर्चा गर्दै छोराहरुको उज्वल भविष्यका लागि स्थानीय तह, संस्था र समाजले मिलेर सहयोग गर्नुपर्ने बताए ।

सोही अवसरमा मृगौलापीडित शेयर सदस्य कमलबहादुर कार्कीलाई १० हजार उपचार खर्च र कोभिड १९ का कारण ज्यान गुमाएका शेयर सदस्य प्रकाशकुमार राई र उनकी श्रीमती सपना लिम्बूको परिवारलाई पनि नगद राहत रकम उपलब्ध गराइएको थियो ।
झापाको अग्रणी सहकारीहरुमध्येको एक कर्णालीले सदैव सदस्य केन्द्रीत कार्यक्रमहरु ल्याउने गरेको बताउँदै संस्थाका सचिव भूपाल वस्नेतले सदस्य तथा तिनको परिवारको स्वास्थ्य र शिक्षाका लागि यसै वर्षदेखि थप सुविधाका कार्यक्रमहरु सञ्चालनमा ल्याइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.