युवा विद्यार्थी आन्दोलनका बारुदमात्र नभएर समय परिवर्तनको संवाहक भएको राप्रपा नेता सिटौलाको भनाई

A notice in Nepali from Mechinagar Ward No. 10

२६ भाद्र, मेचीनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समिति सदस्य भक्तिप्रसाद सिटौलाले युवा विद्यार्थी आन्दोलनका बारुदमात्र नभएर समय परिवर्तनको संवाहक भएको बताउनुभएको छ । शनिबार झापाको मेचीनगरमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मेचीनगरको प्रथम अधिवेशनलाई सम्बोधन गदैं नेता सिटौलाले यस्तो बताउनुभएको हो ।

यस्ता वाहक आम युवा विद्यार्थी हुन सक्ने कि नसक्ने हरेकले गम्भीरताका साथ सोच्ने बेला आएको उहाँले बताउनुभयो । अन्य दलका विद्यार्थी संगठन भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन फरक हुनुपर्ने धारणा राख्दैं नेता सिटौलाले अब आफु नेता हुने हो भने नीति बनाउन र नेतृत्व गर्न सक्नुपर्ने बताउनुभयो ।


‘यदि कोहि नेता हो भने नेताले नीति बनाउने, नेतृत्व गर्ने, नेतृत्व त्यसवेला गर्छ जति वेला उ अप्ठयारोमा उभिन सक्छ’ नेता सिटौलाले भन्नुभयो—‘बाटो विराएकालाई सहि बाटो देखाउन सक्ने समाजमा गरिराखेका कामहरु असहज परिस्थितिमा गुज्रिएका कामहरु सहजढंगले निकाल्न सक्ने रचनात्मक विचार, नीति दिन र नेतृत्व गर्न सक्ने मात्र नेता हुन सक्छ ।’

एक अर्काे प्रसंगमा नेता सिटौलाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन एमसीसीका नाममा वैदेशिक हस्तक्षेप नेपाल भित्रिन लागेको हुँदा त्यसतर्फ आम युवा विद्यार्थी चनाखो हुनपर्ने बताउनुभयो । सुरक्षा नीतिका ध्येयबाट नेपालीलाई सहयोग र विकासका नाममा भित्रिने मिलेनियक च्यालेञ्ज कर्पाेरेशन एमसीसी कार्यान्वयन विरुद्घ देशभरका युवा विद्यार्थीलाई सडकमा उत्रिन आग्रह गदैं त्यसको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्ने उहाँको भनाई थियो । आज सिङ्गो देश अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन एमसीसीका विरुद्घ जुरुक्क उठिरहेका बखत अमेरिकी डलरमा रमाउने काँग्रेस र कम्यूनिष्टहरु यो राष्ट्रघाती जनघाती एमसीसी कार्यान्वयमा लागेको दावी गर्नभयो ।


‘जतिवेला विश्वमा १६ वटा मात्र राष्ट्र थिए त्यसवेला नेपाल पनि थियो ’ उहाँले भन्नुभयो —‘ आज विश्वमा २ सय २२ भन्दा बढी राष्ट्र छन् तर नेपाल र नेपाली विश्वमा १६ वटा मात्र राष्ट्र हुँदादेखिका छौ ।’ संसारमा कसैको गुलामी नगरी आफ्नो शिर उच्च पारेर गर्व गर्ने कुनै देश भए त्यो नेपाल मात्र रहेको भन्दैं उहाँले स्वभिमानी नेपाली हुन पाएको छाती गर्वले फुल्ने बताउनुभयो ।

नेपाली र नेपालीहरुले आफ्नो अस्तित्व र पहिचान कायम गर्न सफल भएको भन्दैं नेता सिटौलाले आज नेपालीको त्यो पहिचान र अस्तित्वमाथि धावा बोल्ने काम भईरहेको स्पष्ट पार्नुभयो । ‘नेपालीले सोचे अनुसार उन्नति प्रगति गर्न सकेनन् होला, अग्ला अग्ला महल बनाउन सकेनन् होला, नेपालका सडक साना होलान तथा ठुल्ठुला एयरपोर्ट बनेनन् होलान’ नेता सिटौलाले भन्नुभयो—‘नेपालीले नेपालका प्राकृतिक सम्पदाहरुलाई बचाएर राखेका छन् । विश्वभर स्वाभिमानी नेपाली भएर गर्वका साथ शिर उच्च बनाएर हिड्न सकेका छौ ।’


कार्यक्रममा बोल्दैं राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा अध्यक्ष एवम् राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाका संस्थापक अध्यक्ष केशवप्रसाद ओझाले अहिले शिक्षाक्षेत्रमा गरिब र धनीबीच देखिएको खाडल पुर्न संगठन लाग्नुपर्नेमा जोड दिनुभयो । अन्य दलका विद्यार्थी संगठनभन्दा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन फरक हुनुपर्नेमा जोड दिदैं ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्नुपर्ने बताउनुभयो । अहिले शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगति अन्त्य गदैं हरेक विद्यार्थीहरुका हक, हित अधिकार रक्षाका लागि आजैबाट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन लाग्नुपर्ने नेता ओझाले बताउनुभयो

पार्टीका नगर अध्यक्ष सविना बजगाईँको सभापतित्वमा भएको प्रथम नगर अधिवेशनले रोशन तिम्सिनाको अध्यक्षतामा ३१ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मेचीनगर समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा कृतिका कट्टेल र विजयी लुईटेल, सचिव निमा तामाङ्ग, सहसचिवमा अर्चना चौधरी तथा कोषाध्यक्षमा सीता पवन चयन हुनुभएको पार्टीका प्रदेश अध्यक्ष दीपेश राई गोरे भाईले जानकारी दिनुभयो ।

समितिमा चयन भएका पदाधिकारीहरुलाई संगठनका केन्द्रिय उपाध्यक्ष माधव पोखरल, केन्द्रिय सदस्य मुना आलम, संगठनका हल्दिवारी गाउँ समिति अध्यक्ष अनिल चौहानलगायतले बोल्नुभएको कार्यक्रमको सञ्चालन संगठनका कचनकवल गाउँ समिति अध्यक्ष विकास घिमिरेले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.