सतिघट्टामा जनचेतनामूलक नाटक “प्याड” प्रर्दशन

A notice in Nepali from Mechinagar Ward No. 10

२६ भाद्र, काँकरभिट्टा : महिलाहरुमा हुने महिनावारी र अपनाउनु पर्ने आवश्यक सावधानीमा केन्द्रित रहेर सडक नाटक ‘प्याड’ प्रस्तुत गरिएको छ ।

परिवर्तन थिएटरसँगको समन्वयमा रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाले शनिबार मेचीनगर–७ ,सत्तिघट्टास्थित बरपिपल चोकमा सडक नाटक प्रस्तुत गरेको हो ।

नाटकमा खास गरेर किशोरीहरुमा हुने महिनावारी र सो अवधिमा अपनाउनु पर्ने आवश्यक सावधानीलाई देखाइएको थियो । महिनावारीको समयमा थप स्वस्थ र सुरक्षित रहन कपडा नभई सेनिटरी प्याडको अनिवार्य प्रयोग गर्नु पर्नेमा जोड दिइएको थियो ।

अझै पनि कतिपय महिला तथा किशोरीहरुले महिनावारी हुँदा घरायसी कपडाको प्रयोग गरि रहेको अवस्थालाई नाटकमा वास्तविक चित्रण गरिएको थियो ।

नाटकमा थिएटरका १० जना कलाकारको प्रशंसनीय अभिनय देखिएको थियो । ग्रामिण भेग त्यसमा पनि विशेष गरी चिया बगानमा काम गर्ने श्रमिकका घरका किशोरी तथा महिलाहरुले जीविकोपार्जनमै श्रम र आर्जन खर्च गर्न बाध्य हुने र सचेतनाको अभावका अझैपनि महिनावारीको समयमा प्याड नभई अस्वस्थ कपडा प्रयोग गरि रहेको पक्षलाई नाटकमा देखाइएको थियो ।

अन्धविश्वास, चेतनाको कमी साथै कतिपय परिवारमा श्रीमान् मादक पदार्थ सेवनमा लाग्नाले आफ्ना छोरीहरुलाई प्याड खरिद गर्न नसक्ने अवस्थामा आमाहरु कसरी पुग्छन् भन्ने यथार्थ झल्काइएको थियो । महिनावारीको समयमा हेलचेक्र्याई गर्नाले भविष्यमा महिलाहरुमा पाठेघरको संक्रमण तथा क्यान्सर जस्ता घातक रोगहरुको सिकार बन्न महिलाहरु बाध्य हुने गरेको समस्यालाई देखाइएको थियो ।

कलाकारहरुले प्रस्तुत गरेको नाटकमा स्थानीय आमाहरु समेत स्वतःस्फूर्तरुपमा सहभागी बनेका थिए ।

रोट्रयाक्टका १२७ क्लबले शनिबार (सेप्टेम्बर ११) का दिन विश्वभर कार्यक्रमको आयोजना गरेका छन् । सो अवसरमा क्लबका तर्फबाट दुई सय थान प्याडसमेत वितरण गरिएको थियो ।

क्लबकी सदस्य नियोनिका श्रेष्ठले स्वागत गरेको कार्यक्रममा सहजीकरण नाटककी निर्देशक एवम् सुत्रधार कविता नेपाल पोर्तेलले गरेकी थिइन् । रिजु कार्कीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष पुस्कर बस्नेतले गरेका थिए ।

कार्यक्रममा क्लबका सन् २०२०/०२१ का अध्यक्ष नितेशकुमार सिंह राजपुतलगायत क्लबका वर्तमान तथा पूर्व पदाधिकारीहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.