इटहरीका मेयर विरुद्द महिलाहरुको आन्दोलन उग्र बन्दै,माफी नमागेसम्म आन्दोलन नरोकिने महिला अधिकारकर्मीको भनाइ

A notice in Nepali from Mechinagar Ward No. 10

७ असोज,बिहीबार ।केहिदिन अघि इटहरी उपमहनगरपालिकाको कार्यलयमा काम विशेषले पुगेका महिला सेवाग्राहीलाई इटहरीका मेयरले अपमानजक शब्दले गाली गरेको भन्दै शुरु भएको मेयर द्धारिकलाल चौधरी विरुद्धको आन्दोलनमा आज पनि सयौं महिलाको उपस्तिथि रह्यो।
उनीहरूले मेयर चौधरीले सार्वजनिक स्थानमा माफी नमागे सम्म आन्दोलन नरोकिने बताएका हुन् । उनीहरूले कार्यालय समय सम्म नगरको गेटमा बसेर मेयर चौधरी विरुद्ध चर्को विरोध गरे । शान्ति सुरक्षा कायम गर्न, महिला हिंसा बन्द गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।
विरोध सभामा बोल्दै महिला अधिकारकर्मी योशा गुरागाईँले भोलि (शुक्रवार) ११ बजे देखि इटहरीका मुख्य चौकमा मेयर चौधरीको फोटो सहितको ब्यानर टाँगिने बताइन् । गुरागाईँले भनिन् “उहाँलाई पपुलर हुनु छ, चर्चामा आउनु छ, अब हामी इटहरी चौक, सङ्गीत चौक, बिपी चौक लगायत स्थानमा फोटो सहित ब्यानर राख्छौँ ।”
आमाको कोखबाट जन्मिएर आमालाई अपमान हुने शब्द बोल्दा पनि हामीले सहेर बस्न नहुने भन्दै आन्दोलनलाई थप सशक्त बनाउने उनको भनाई छ ।
उक्त आन्दोलनलाई साथ दिन महिला सामाजिक अभियन्ता सावित्री सुवेदी समेत इटहरी आएकी छिन् । मेयर चौधरी विरुद्ध उग्र रूपमा उत्रिएकी सुवेदीले जसले नारीलाई अपमान् गर्ने पुरुषको भलो नहुने तर्क गरिन् । “अन्य स्थानीय सरकारले हरेक दुखमा परेका महिलाको हकहितका लागि प्राण दिन तयार छन् । तर इटहरीका यस्ता मेयर जसले आफ्नी आमालाई लात हानेका छन् । अबको केही दिनमा माफी नमागे बिच सडकमा ल्याएर माफी मगाउँछौँ,” उनले भनिन् ।
गत बुधवार दिउँसो कार्यालय पुगेका सीता शेर्पा राई र शर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा महिलाहरूकै अपमान हुने गरी जथाभाबी अपशब्द बोलेर दुर्व्यवहार गरेको बताइएको छ । सो क्रममा मेयर चौधरीले नगर प्रहरी समेत लगाएर दुर्व्यवहार गरी धम्काएको भन्दै दर्जन बढी महिला अधिकारवादी संस्थाहरूले विरोध जनाएका थिए ।
स्थानीय तहको नेतृत्व लिइरहेका प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलाहरूलाई दुर्व्यवहार भएको भन्दै विभिन्न संघसंस्थाहरुले विरोध जनाएका हुन् ।
मेयर चौधरीले सार्वजनिक स्थानमा माफी नमागेसम्म आन्दोलन नरोकिने बताएका छन् ।

हिजो (बुधबार) मेयर चौधरीको कार्यकक्षमा लगाएको ताला भने प्रहरी प्रशासनले खुलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.