दुईदिनमा ९ हजार २ सय ४४ लाई भेरोसिल खोप

A notice in Nepali from Mechinagar Ward No. 10

१ मंसिर, मेचीनगर : झापाको मेचीनगरमा ९ हजार २ सय ४४ जनालाई कोभिड १९ विरुद्घको भेरोसिल खोपको दोस्रो मात्रा लगाईएको छ । नगरमा २९ गतेबाट दोस्रो मात्राको खोप लगाउने क्रम शुरु भएको थियो ।

२९ र ३० गते २ दिनमा ९ हजार २ सय ४४ जनालाई खोप प्रदान गरिएको नगर स्वास्थ्य शाखा संयोजक सविता सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ४ हजार ६ सय ७४ महिला र ४ हजार ५ सय ७० पुरुषलाई खोपको दोस्रो मात्रा दिईएको हो ।

शुक्रबार नगरका उद्योगी व्यवसायीहरुलाई मेची उद्योग वाणिज्य संघको समन्वयमा खोप लगाउने तालिका रहेको उहाँले बताउनुभयो । यस कार्यालयबाट पनि यसअघि असोज दोस्रो साता पहिलो डोज लगाएकालाई मात्रै दोस्रो डोज लगाइनेछ ।

अर्को साताबाट एस्ट्राजेनेका खोप लगाइने छ । भेरोसिल खोपको दोस्रो मात्रा लगाइसकेपछि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन शुरु गरिने छ । यसअघि असोजमै पहिलो मात्रा लगाइसकेका कक्षा १२ का विद्यार्थी, साथै अन्य कक्षाका विद्यार्थी, संघसंस्थाका कर्मचारी लगायतलाई मंसीर दोस्रो साताबाट खोप लगाइने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.