धाइजन स्वास्थ्य चौकीको उद्घाटन : जग्गदातादेखि कर्मचारीसम्म सम्मानित

A notice in Nepali from Mechinagar Ward No. 10

८ चैत, मेचीनगर : झापाको मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको मंगलबार विधिवत उद्घाटन गरिएको छ । मेचीनगर नगरप्रमुख विमल आचार्यले दुईतले सुविधा सम्पन्न चौकीको उद्घाटन गर्नुभएको हो ।

मेचीनगर ११ का वडाध्यक्ष सन्तोष मेचेको सभापतित्वमा भएको कार्यक्रममा चौकी निर्माणका लागि निःशुल्करुपमा जग्गा उपलब्ध गराउनुहुने जग्गादाता चुडामणि सिटौला, नरेन्द्र मेचे, जगदिश मिन्डा, विशु मेचे, भोजबहादुर कार्की लगायतलाई दोसल्ला पहिर्याएर सम्मान गरिएको थियो ।

चौकी उद्घाटनकै अवसरमा जग्गा व्यवस्थापन, भवन निर्माण, तात्कालिन अवस्थामा कोभिड १९ नियन्त्रण, रोकथाम र आइसोलेशन केन्द्रमा सक्रिय स्वास्थ्यकर्मीहरुलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख आचार्यले सम्मान पत्र प्रदान र दोसल्ला पहिर्याउनुभएको थियो । साथै सेवा निवृत्त महिला स्वास्थ्य स्वयम् सेविका गायत्री आचार्यलाई कदरपत्र सहित विदाई गरिएको कार्यक्रमका सञ्चालक स्वास्थ्यकर्मी दीपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

अहिले स्वास्थ्य चौकीबाट बिरामीको उपचार, गर्भवती परीक्षण, मातृ तथा शिशु सेवा, परिवार नियोजन सेवा, खोप सेवा तथा रोग नियन्त्रणमा क्षयरोग, कुष्ठरोग मलेरियालगायतका क्षेत्रमा सेवा प्रदान गर्ने र निकट भविष्यमा प्रयोगशालाको समेत व्यवस्था हुने स्वास्थ्यकर्मी चौधरीको भनाई छ । कार्यक्रममा बोल्दैं नगरप्रमुख आचार्यले हरेक नगरबासीलाई छिटो छरितोरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय सरकार लागि परेको बताउनुभयो । उहाँले स्वस्थ्य शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले स्थानीय सरकार यी सवै अधिकार आफ्ना नगरवासीलाई उपलब्ध गराउन लागि परेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, भवन निर्माण व्यवस्थापन समितिका सदस्य शान्तिराम चिमरिया, जग्गादाताहरु नरेन्द्र मेचे, जगदिश मिण्डा, भवन निर्माण देखि जग्गा व्यवस्थापनमा सक्रिय पूर्व गाविस सचिव सुदर्शन बराललगायतले बोल्नुभएको थियो ।

कोभिड १९ को महामारीका बखत नगरपािलकाले कोभिड १९ संक्रमितका लागि धाइजन स्वास्थ्य चौकीको भवनमा ३० वटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन केन्द्रका रुपमा तयार गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.