क्लिन झापाको १० औं साधारणसभा सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

६ भाद्र, भद्रपुर : पछिल्लो एक दशकदेखि वातावरण तथा सरसफाइ अभियानमा सक्रिय रहँदै आएको क्लिन झापाले सोमबार १० औं साधारणसभा सम्पन्न गरेको छ ।
झापाको भद्रपुर ७ स्थित संस्थाकै कार्यालय परिसरमा आयाजित एक समारोहका बीच साधारणसभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा आयोजित साधारणसभाको भद्रपुुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले उद्घाटन गरेकी थिइन् ।
समारोहकी प्रमुख अतिथि उपप्रमुख कार्किले क्लिन झापाले वातावरण संरक्षण र सरसफाइ प्रवद्र्धनका लागि सञ्चालन गर्दै आएको रचनात्मक क्रियाकलापको प्रशंसा गर्दै चुनौती बन्दै गएको सरसफााइ प्रवद्र्धन र वातावरण संरक्षमा सबै क्षेत्रको सहकार्य आवश्यक ्हेको बताइन् । उनले क्लिन झापाको अभियानमा सधैँ सहयोग पुर्याउने प्रतिबद्धता जनाइन् ।
संस्थाका उपाध्यक्ष सन्तोष न्यौपानेले स्वागत र सचिव रुद्रबहादुर न्यौपानेले सञ्चालन गरेको साधारणसभामा अध्यक्ष उपाध्यायले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
क्लिन झापाले जिल्लामा स्थानीय तहहरुको सहयोगमा वतावरण तथा सरसफायसम्बनधी सचेतनामूलक क्रियाकलाप गरिरहेको र त्यसबाट सकारात्मक परिणामहरु हासिल भएको सचिव न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.