Sunday, May 9, 2021
- बिज्ञापन -
गृह खेलकुदमेचीनगरमा १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण शुरु

मेचीनगरमा १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण शुरु

काँकरभिट्टा, २२ पुस | झापाको मेचीनगरमा विहीबारबाट १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ । १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता २०७७ को मुख्यः प्रायोजकको रुपमा मेचीनगर नगरपालिका र नेपाल बहुउद्देशीय सहकारी संस्था रहेको छ । मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाको आयोजनामा मेची सामुदायिक भवनमा शुरु प्रतियोगिताको १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले उद्घाटन गर्नुभएको थियो ।

पुस २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा मेन्स डबल्स र भेट्रान डबल्स इभेन्टहरु सञ्चालन हुने छन । प्रतियोगितामा प्रदेश १ को ताप्लेजुङबाहेक सवै जिल्लाबाट १ सय १६ जना खेलाडीले सभागिता जनाएका छन् । करीब ७ लाख ५० हजार रकम खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मेन्स डबल्स तर्फको पहिलो नगद पुरस्कार मेची नेत्रालय आँखा अस्पतालले प्रायोजन गरेको हो ।

प्रतियोगितामा मेन्स डबल्स तर्फको बिजेता टिमले नगद ५० हजार, दोस्रोले ३१ हजार र तेस्रोले २० हजार तथा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै भेट्रान तर्फको बिजेता टिमले नगद २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा ट्रफि, मेडल र प्रमाण पत्र हात पार्नेछन् । उद्घाटनका दिन ४३ वटा खेल सम्पन्न भएका छन् ।

उद्घाटन सत्रमा प्रमुख अतिथि १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलगायतले उद्घाटन मन्तव्य राख्नुभएको थियो । खेल संयोजक हरिप्रसाद तिमिस्नाको सभापतित्वमा भएको उद्घाटन सत्रको सञ्चालन आयोजक क्लबका सदस्य ओमप्रकाश दाहालले गर्नुभएको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु