पराजुली झापा उद्योग वाणिज्य संघको विशिष्ट मानार्थ सदस्य मनोनित

A notice in Nepali from Mechinagar Ward No. 10

२९ वैशाख, भद्रपुर : चिया, ग्यास तथा ब्रिकेट उद्यमी, युवा व्यवसायी आदित्य पराजुली झापा उद्योग वाणिज्य संघको विशिष्ट मानार्थ सदस्यको रुपमा कार्यसमितिमा चयन भएका छन् ।
संघको नवनिर्वाचित कार्यसमितिको शुक्रबार सम्पन्न दोस्रो बैठकले पराजुलीलाई विशिष्ट मानार्थ सदस्यमा मनोनित गरेको हो ।
यसैगरी, बैठकले खड्क लिम्बूलाई विशिष्ट सदस्य मनोनित गरेको छ भने ढकबहादुर विष्ट (जीवन)–लाई मानार्थ सदस्य तथा माधव विद्रोही, रियाज ढकाल, टिका काम्बाङ र सञ्जय घोषलाई सदस्य पदमा मनोनित गरेको छ । यसैगरी, झापा उद्योग वाणिज्य संघ, शाखा गौरीगञ्जका अध्यक्ष पदेन सदस्यको रुपमा कार्यसमितिमा रहनेछन् ।
संघका नवनिर्वाचित अध्यक्ष प्रज्वल राईको अध्यक्षतामा बसेको बैठकले सदस्यता विस्तार अभियान सञ्चालन गर्नेलगायतका विभिन्न निर्णय गरेको छ ।
संघले झापाका आम उद्योगी–व्यवासयीको हितमा हुने खालका वार्षिक कार्ययोजनाहरु तयार गरी कार्यान्वयन गर्ने, व्यवसायीहरुका लागि करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने, भद्रपुरको खस्कँदो बजारलाई उकास्नेखालका कार्यक्रम पनि सञ्चालन गर्ने एवम् संस्थाको दीगो आर्थिक स्रोत खोजी गर्ने निर्णय पनि गरेको छ ।
संघका नवनिर्वाचित महासचिव सुमन्त मैनालीले सञ्चालन गरेको बैठकमा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष राजकुमार राईले निर्वाचनको एउटा प्रक्रिया समाप्त भइसकेकोले सबै उद्योगी–व्यवसायी मिलेर झापा उद्योग वाणिज्य संघको गरिमालाई थप उचाइमा पुर्याउन आह्वान गरे ।
बैठकले नियमित मासिक बैठक हरेक महिनाको ९ गते बस्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.