चन्द्रगढीमा विश्व च्याम्पियन्स लिफ्टिङ छनौट प्रतियोगिता सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

५ असोज, भद्रपुर : झापा स्ट्रेण्थ लिफ्टिङ फिडरेसनको आयोजनामा विश्व च्याम्पियन्स लिफ्टिङ प्रतियोगिताको लागि झापाको तर्फबाट खेलाडी छनौट खेल सम्पन्न भएको छ । झापाको चन्द्रगढीमा आज सम्पन्न भएको प्रतियोगितामा सव जुनियर पुरुष र महिलातर्फ क्रमशः अमिलाल राजवंशी र सोनीदेवी दास छनौट भएका छन् ।

त्यसैगरी सिनियर पुरुषतर्फ चन्दन मुखिया र मास्टर महिलातर्फ मेनुका पौडेल राजलवट छनौट भएका छन् । सो छनौट प्रतियोगितामा मुख्य निर्णायक भूमिकामा अन्तर्राष्ट्रिय रेफ्री अर्जुन लम्साल,हरि धिमाल त्यसैगरी लाफा रानामगर र प्रसिद्द राजलवटले रेफ्रीको भूमिका निर्वाह गरेका थिए। चन्द्रगढीमा छनौट भएका प्रतियोगीहरुले भारतको हैदारावादमा आयोजना हुने लिफ्टिङ प्रतियोगिताको लागि आगामी असोज १७ र १८ गते नेपालगञ्जमा अन्य जिल्लाहरुबाट आएका प्रतियोगीहरुसँग छनौटका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.