झापाका खलपुचहरु नेवा: देय दबुबाट अलग भए

A notice in Nepali from Mechinagar Ward No. 10

नेवार समुदायको छाता संगठन नेवाः देय दबु  झापा जिल्ला समितिमा आवद्ध भएका खलपुचहरु नेवा: देय दबुबाट अलग भएको घोषणा गरेका छन् । हिजो भएको चौथो जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि नेवा: देय दबुमा आवद्ध भएको १ ) नेवा: समाज समिति, काकरभिट्टा  २ ) पासा मुना पुच: नेवा खल, बाहुनडाँगी ३) नेवा: पासा मुना पुच, बिर्तामोड ४) नेवा: समाज कल्याण गुठी, भद्रपुर ५) नेवा: खल, दमक ६) नेवा: खल, बुधबारे ७) झिगु नेवा खल, धुलाबारी ८) नेवा: समाज कल्याण गुठी, पृथ्वीनगर नेवाः दय् दबु बाट अलग भएको घोषणा गरेका हुन् । जिल्ला भरीबाट सहभागी सबै खलपुचका अध्यक्ष हरुको सर्बसम्मत निर्णयमा अलग भएको घोषणा गरिएको हो |

असन्तुष्ट पक्षले हिजो पत्रकार सम्मेलन गरी प्रतिनिधि छनोटमा विभेद गरेको, खलपुचहरुलाई सम्मानजनक व्यवहार नगरेको, वरियताका आधारमा प्रतिस्पर्धात्मक अभ्यासभन्दा आफ्नो गुट बनाएर चलेको, झापाभित्र रहेका खलः पुचहरुलाई बेवास्ता गरेको आरोप लगाइएको छ ।
पत्रकारहरुसँग कुरा गर्दै खलपुचका तर्फबाट दिनेश श्रेष्ठले नेवाः देय दबु बाट अन्याय भएका कारण आफूहरु अलग्गिएको जानकारी दिए । उनले नेवा: देय दबुको  विधान र व्यक्तिगतरुपमा पनि आफूहरुमाथि अन्याय गरेको  बताएका छन् । झापाको बिर्तामोडमा केहि महिना अघि भएको नेवा: देय दबुको केन्द्रिय बैठकमा समेत खलपुचबाट बिधान संसोधनको लागि सुझाव सहितको प्रस्ताब दिइएको थियो | त्यसको पनि कतै सुनवाई नभएको श्रेष्ठले बताउनु भयो |नेवाः पासा मुन पुच बिर्तामोडका अध्यक्ष श्रेष्ठले नेवारी समुदायको भावनामाथि खेलेकोमा आपत्ति जनाउँदै एकता र आफ्नो जातिगत पहिचानका लागि चाँडै “नेवा: खल झापा” गठन गरेर जिल्ला प्रसासन कार्यालय, झापा मा दर्ता गरिने जानकारी दिनुभयो ।

नेवार समाज काँकरभिट्टाका अध्यक्ष कमल गुभाजुले आफूहरुले तिरेको लेबी रकम फिर्ता माग गर्दै निवेदन दिँदा ‘दादागिरी’ शैलीमा आफूहरुलाई थर्काएको आरोप लगाए । उनले संस्थामै नबस्ने भएपछि किन आफूहरुले तिरेको लेबीको पैसा फिर्ता नगरिएको भनी प्रतिप्रश्न गरेका थिए । जिल्लाका विभिन्न शहर क्षेत्रमा गठित नेवार समुदायको खलपुचलाई नेवाः दय् दबूमा प्रतिनिधत्व हुन रोक्ने योजना देखिएपछि सँगै रहनुको औचित्य समाप्त भएको गुभाजुले जानकारी दिए । उनका अनुसार चौथो जिल्ला अधिवेशनमा खलपुच पक्षधरलाई रोकेपछि आफूहरु अलग भएको हो । उनीहरुले अधिवेशनमा प्रतिनिधि सहभागितामा नै विद्यानतः अन्याय गरेको आरोप लगाएका छन् । बिगतबाट नै बिधान संसोधन लाई लिएर नेवा: देय दबु र खलपुच हरु बीच मनमुटाव रहि आएको थियो | काँकरभिट्टा नेवार समाजका अध्यक्ष कमल गुभाजुलाई अध्यक्ष बनाउने पूर्वसर्त उल्लंघन भएपछि विवाद सुरु भएको थियो । गुभाजु नेवाः देय  दबू झापाका पनि उपाध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.