मेचीनगर १५ को कार्यालय चाँडै नयाँ स्वरूपमा देखिने

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १५ फागुन : तत्कालीन ज्यामिरगढी गाविसको पुरानो भवनबाट कार्यसम्पादन गरिरहेको मेचीनगर वडा नम्बर १५ को कार्यालय अब चाँडै नयाँ स्वरूपमा देखिने भएको छ। आज मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले वडा कार्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रमका अवसरमा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, पूर्वाधार विकास शाखा प्रमुख रोशन रिमाल लगायतको उपस्थिति थियो।

वडा नम्बर १५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन)का अनुसार बिहीबार शिलान्यास गरिएको उक्त भवन दुई तला सुविधासम्पन्न हुनेछ। पूर्वाधार विकास शाखा प्रमुख रोशन रिमालले भवनमा नौवटा कोठा रहने जानकारी दिएका छन्। गत माघ २९ गतेदेखि निर्माण थालिएको यो भवन आगामी २०८२ असार १० गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित दुर्गामाता निर्माण सेवाले ६१ लाख २९ हजार ४४५ रुपैयाँ ३९ पैसामा ठेक्का लिएको छ।

मेचीनगरका १५ वटा वडामध्ये अब मात्र दुई वडाका कार्यालय भवन निर्माण गर्न बाँकी छन्। मेचीनगर-१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, र १४ नम्बर वडा कार्यालय आफ्नै भवनबाट कार्यसम्पादन गरिरहेका छन्, जबकि वडा नम्बर १२ र १३ अहिले पनि भाडामा सञ्चालन भइरहेका छन्। नगरप्रमुख बुढाथोकीका अनुसार वडा नम्बर १२ र १३ का लागि पनि चालु आर्थिक वर्षमै बजेट छुट्याइएको छ। वडा नम्बर १३ को भवनको टुंगो केही दिनमै लाग्नेछ भने वडा नम्बर १२ को भवन निर्माण यही वर्षभित्रै सुरु गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.