मृत्यु भएको पाँच दिन बितिसक्दा पनि गिरीको शव आएन् : घरपरिवार आफन्त शव कुदैँ

१५ साउन, मेचीनगर : वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका युवकको कोठामा सुतैकै अवस्थामा मृत्यु भएको पाँच दिन बितिसक्दा पनि शव आउन नसकेपछि शोकमा डुबेका घर—परिवार समस्यामा परेका छन् । झापा मेचीनगर–१० धुलावारीको पुरानो हाटबजार टोल विकास संस्था बस्ने २५ वर्षीय अभिक्षित गिरीको साउन ११ गते सुतेकै अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनी साँझ कफी खाएर सुतेको र उनको मृत्यूको कारण हर्टह्याटक हुन सक्ने दुतावासले जानकारी गराएको दाजु ‐बडीबुवाको छोरा) शेखर गिरीले बताए ।

स्वर्गीय रामकुमार गिरी र बीना गिरीका दुई छोरी र एक छोरागरी तीन सन्तानमध्ये उनी कान्छा सन्तान थिए । स्थानीय हिमालय एकाडेमीबाट एसइइ परीक्षा उतिर्ण गरेका स्वर्गीय गिरी भलिबलका निक्कै दक्ष खेलाडी थिए । केहीवर्ष अघि बाबु रामकुमार ‐पूर्व प्रहरी)को मोटरसाइकल दुर्घटनामा परेर मृत्यू भएपछि घरको सारा जिम्मेवारी उनकै टाउकोमा आइलाग्यो आमालाई हरेक काममा सघाउनु दुइवटा दिदीहरुसँगको घरायसी काममा लाग्नु उनको दैनिकि नै बन्यो ।

मध्यम वर्गीय परिवारमा जन्मेका गिरीले सामान्य खर्चबाट घर चलाउने स्थिति नदेखे पछि रोजगारीको अवसर खोजे । केहीवर्ष अघिसम्म भारतको बैग्लोरमा गएर कफी वारिस्ता बनाउने काममा लागे केही रकम कमाए । तर, त्यसले पनि उनको घरको गर्जाे टर्ने अवस्था बनेन् । एकदिन विदेशमा यस्तै कामको माग देखे । आफुले जानेको काम यहाँभन्दा बढि तलब पत्रिकामा विज्ञपान देखेपछि स्वदेश फर्किएर विदेश जाने योजना बनाए । घर परिवारको सल्लाहले नै उनी डेढबर्ष अघि इम्प्लोइमेन्ट लिंक नेपाल प्रालि म्यानपावरबाट बैधानिकरुपमा नै कुवेत पुगेको दाजु ‐बडीबुवाको छोरा) शेखर गिरीले बताए ।

बैङ्गलोरमा रोजगारीमा रहेका बखत

भारतको बैग्लोरमा गएर कफी वारिस्ताका रोजागरीका क्रममा उनका अनुसार आउने दशै र तिहारमा उनी नेपाल आउने योजनामा थिए । मृत्यू हुनुभन्दा केहीसमयअघि सम्म उनले आमालाई ‘भ्वाइस म्यासेज’ पठाएका थिए । ‐आइतबार मेरो छुट्टी हुन्छ , म सवैसँग कुरा गर्छु है ) ‘म्यासेज’मा लेखेका रहेछन् । तर, त्यो नै उनका लागि अन्तिम ‘म्यासेज’ रहेछ दाजु शेखरले भने । गाउँ—समाजमा निक्कै भलादमी मिलनसार सवैजनासँग मिल्ने स्वभावकाधनी गिरीको निधनको खवरले यतिखेर उनको गाउँ शोकमा डुवेको छ । उनको परिवार र सिङ्गो गाउँनै शवको प्रतिक्षामा छ ।

शव नेपाल ल्याउने तयारी भईरहेको मेचीनगर वडा नम्बर —१० का वडाध्यक्ष नारायण खनालले बताए । दाजु शेखरका अनुसार शव नेपाल ल्याउन झापा निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले भूमिका खेलेको बताए । ‘उहाँले सम्बन्धित पक्षसँग भिडियो कल गरेर पहल गरिरहनु भएको दाजु शेखरले भने — ‘शव नेपाल ल्याउने कुरामा उहाँले महत्वपूर्ण भूमिका खेलीरहनु भएको छ । ’

कुवेतमा रोजगारीमा भएको बखत

उनको शब ल्याउन स्थानीय सरकारदेखि संघीय सरकारसँग कुरा भएको वडाध्यक्ष खनालले बताए । ‘पूर्व कानूनमन्त्री तथा पूर्व महान्यायाधिवक्ता प्रधानमन्त्री केपी शर्मा ओलीका विज्ञ सल्लाहकार एमाले नेता अग्निप्रसाद खरेलसँग समेत हामीले कुरा गरिसकेका छौ ’ वडाध्यक्ष खनालले भने, उहाँले परराष्ट्र मन्त्रालय, कुवेतमा रहेको नेपाली दुतावास राजदुतसँग सम्पर्क गरीररहनु भएको अब विश्वास छ भाईको अब शव चाडै नेपाल आउछ ।’ परराष्ट्र मन्त्रालयदेखि दुतावाससम्म आवश्यक प्रक्रिया शुरु भएको छ”- उनले थपे .

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.