पेट्रोलियम आयात करमा ५० प्रतिशत छुटको असर राजस्व संकलनमा

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
७ बैशाख, मेचीनगर : सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरपछि त्यसको प्रत्यक्ष असर राजस्व असुलीमा परेको छ ।

२४ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले बढ्दो इन्धन घाटा र उपभोक्तामाथि परेको मूल्यवृद्धिको चापलाई सम्बोधन गर्न यस्तो निर्णय गरेको थियो । तर, यसको प्रत्यक्ष असर भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको पूर्वकै ठूलो भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व संलनमा परेको भन्सार स्रोतको दाबी छ । समाचार स्रोतका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चैत महिनामा वैदेशिक व्यापार हुने कोशी प्रदेशकै ठूलो मानिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ ।

एकजना भन्सार अधिकारीका अनुसार चैत महिनामा एक अर्व ६९ करोड ६९ लाख ४३ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको मेची भन्सारले एक अर्व ६० करोड ८४ लाख सात हजार रुपैयाँ वा लक्ष्यको तुलनामा ९४ दशमलव ७० प्रतिशतमात्र राजस्व संकलन गरेको छ । ‘सरकारले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टीतेलमा लगाउँदै आएको पूर्वाधार कर ५० प्रतिशत घटाउने निर्णय गरेपछि यसको असर राजस्व संकलनमा परेको हो ।’ एकजना भन्सार अधिकारीको भनाई । सरकारले पूर्वाधार विकास कर अन्तर्गत प्रतिलिटर १० रुपैयाँ लिँदै आएको थियो । मन्त्रिपरिषद बैठकले पूर्वाधार कर अन्तर्गतको भन्सार महसुलमा ५० प्रतिशत घटाउने निर्णय गरेपछि प्रतिलिटर ५ रुपैयाँ कर लिनेछ ।

फायल फोटो :

मेची भन्सार कार्यालय काँकरभिट्टा पश्चिम बंगालको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको छ । यस भन्सार कार्यालयबाट भारत, चीन, बंगलादेश, भुटानलगायतका तेस्रो मुलुकहरुबाट समेत मालवस्तु पैठारी र निकासी गरिँदै आएको छ । कोशी प्रदेशमा सबैभन्दा धेरै वैदेशिक व्यापार विराटनगर भन्सारपछि मेची भन्सार कार्यालय काँकरभिट्टाबाट हुने सरकारी अधिकारहरुको भनाई छ ।

चालु आर्थिक वर्षमा नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभागले यस कार्यालयलाई १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ रूपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको सरकारी अधिकारीहरुको दाबी छ । पूर्वी नेपालको मुख्य प्रवेशद्वारका रुपमा विक्रम संवत २०१३ सालमा स्थापित मेची भन्सार कार्यालय नेपालकै ठूला भन्सार कार्यालयहरुमध्ये एक महत्वपूर्ण कार्यालयको रूपमा परिचित छ । मुख्यः भन्सार कार्यालयहरु विरगञ्ज, भैरहवा, सुख्खा बन्दरगाह, विराटनगर, रसुवा, त्रिभुवन विमानस्थल, नेपालगन्ज, र तातोपानी पछि राजस्व संकलनको आधारमा नवौं स्थानमा रहेको छ ,यो कार्यालय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.