मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु

नगरभरिका ५६ वटा विद्यालयले सहभागिता

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा,२१ फागुन÷ मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । प्रतियोगिता सञ्चालन गर्न नगरभरिका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानध्यापक र खेलकुद शिक्षकहरुको संयुक्त बैठकले फागुन २१ देखि २३ गतेसम्म काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा हुने निर्णय गरेको थियो ।

काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा शुरु प्रतियोगिताको प्रमुख अतिथि १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

नगरभरि ५९ निजी ४१ सामुदायिक र ३ धार्मिकगरी कुल १ सय ३ वटा विद्यालय भएपनि प्रतियोगितामा सामुदायिक र निजी गरी ५६ वटा विद्यालयले सहभागिता जनाएको एन प्याव्सन मेचीनगर अध्यक्ष भगिरथ राईले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा विद्यालयबाट ४२ जना विद्यार्थीले विभिन्न खेलका विधामा भाग लिन पाउने छन् । उद्घाटनका अवसरमा धुलावारी माध्यमिक विद्यालयको एनसीसीको टोलीको नेतृत्वमा सहभागी विभिन्न विद्यालयका विद्यार्थीले मार्चपास प्रस्तुत गरेका थिए । रेडक्रस, नेपाल स्काउटसहितको मार्चपास टोलीको सलामी प्रमुख अतिथि मैनाली, विशिष्ट अतिथि पोखरेल र मेचीनगर खेलकुद विकास समितिका अध्यक्ष नवीन वरालले ग्रहण गर्नुभएको थियो ।

काँकरभिट्टा माध्यमिक विद्यालयको संयोजनमा भएको उदघाटन समारोहमा धुलावारी माध्यमिक विद्यालयको एनसीसीको टोलीले खुकुरी नृत्य, करातेका खेलाडीले करातेको डमी तथा काँकरभिट्टा माध्यमिक विद्यलायको स्काउट टोलीले स्वागत नृत्य प्रस्तुत गरेको थियो । मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता मुल आयोजक समिति अध्यक्ष विक्रम भेटवालको अध्यक्षतामा भएको उद्घाटनका दिन छात्रा—छात्रतर्फको १०० मिटर ÷२०० मिटर दौड कवर्दी, भलिवल खेल सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि मैनाली, विशिष्ट अतिथि पोखरेल , मेचीनगर खेलकुद विकास समितिका अध्यक्ष नवीन वराल, शिक्षक महासंघका मेचीनगर अध्यक्ष लेखनाथ पौडेल प्याव्सन झापाका उपाध्यक्ष अजय आले मगरलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरुले खेलकुदले मानिसलाई स्वास्थ र स्फूति बनाउने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीलाई पठन पाठनसँगै अतिरिक्त क्रियाकलापमा समेत सहभागिता जनाउन उहाँहरुले सुझाँव दिनुभयो । खेलकुदसहित विभिन्न प्रकारका प्रतियोगिताले विद्यार्थीभित्र रहेको प्रतिभालाई बाहिर ल्याउन वा उ भित्रको कला प्रष्फुटन गर्न मद्घत पुग्ने उहाँहरुको भनाई थियो ।

आगामी २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा छनौट भएका विद्यालयले झापा जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने बताईएको छ । प्रतियोगितामा कराते, लाइजम्प, लमजम्पलगायत खेल हुने छन् ।

प्रतियोगिता सचिवालय सदस्य सुभद्रा भट्टराई अर्यालले सञ्चालन गर्नुभएको उदघाटन सत्रमा सहभागी सवैलाई काँकरभिट्टा माध्यमिक विद्यालय प्रधानध्यापक तुलसीप्रसाद निरौलाले स्वागत गर्नुभएको थियो । उद्घाटन सत्रमा काँकरभिट्टा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमर राई,नगरभित्रबाट सहभागी विद्यालयका प्रधानध्यापक तथा खेल शिक्षक, मेचीनगर नगरपालिका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, काँकरभिट्टा बहुमुखी क्याम्पसका सहायक प्राध्यापक दुर्गाबहादुर लुइटेल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल दाहाल, सशस्त्र प्रहरी वल नेपाल वोडर आउट पोस्ट काँकरभिट्टाका विओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, विभिन्न खेल विधाका निर्णयक, नेपाल स्काउट र रेडक्रसका उच्च पदाधिकारीसहित सञ्चारकर्मी, अधिकारकर्मीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.