विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब नाघ्यो, तीन महिनामा मुद्रास्फीति ६.३७ प्रतिशत

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह २७.२ प्रतिशतले बढेको छ भने कुल सञ्चितिले १७ महिनाभन्दा बढीको आयात धान्न पर्याप्त हुने देखिएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय भवन

📌 मुख्य बुँदाहरू:

  • कुल विदेशी मुद्रा सञ्चिति बढेर ४१ खर्ब १४ अर्ब रुपैयाँ पुग्यो
  • सञ्चितिले १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.२ प्रतिशतले वृद्धि
  • चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड र शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड बचतमा

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ६.३७ प्रतिशत कायम हुँदा मुलुकको विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति ऐतिहासिक रूपमा बढेको हो।

प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड रहेको छ। राष्ट्र बैंकले जनाएअनुसार हाल कायम रहेको उक्त सञ्चितिले मुलुकको १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ। समीक्षा अवधिमा मुलुकको बाह्य क्षेत्र सूचकहरू अत्यन्तै सबल देखिएका छन्।

बाह्य क्षेत्र र विप्रेषणमा व्यापक सुधार

समीक्षा अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड र शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ। यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.२ प्रतिशत र अमेरिकी डलरमा १६.७ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै विप्रेषण आप्रवाह २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यस तीन महिनाको अवधिमा निर्यात ५७ प्रतिशत र आयात ३८.२ प्रतिशतले बढेको छ। यस अवधिमा नेपाल सरकारको कुल खर्च ३ खर्ब ९६ अर्ब २७ करोड रुपैयाँ रहेको छ भने राजस्व परिचालन २ खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

मौद्रिक क्षेत्र र ब्याजदरको स्थिति

समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशत र वार्षिक विन्दुगत आधारमा १४.८ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले वृद्धि भएको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.७ प्रतिशत र कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ।

बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिने अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.०१ प्रतिशत कायम भएको छ। साथै, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.