📌 मुख्य बुँदाहरू:
- डिजिटल ठगीसम्बन्धी उजुरी तथा गुनासो तत्काल सम्बोधन गर्न १२४७ नम्बरको हटलाइन सञ्चालनमा ल्याइएको छ।
- प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा २४सै घण्टा काम गर्ने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ।
- ठगीमा परेकाहरूले सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई पनि तत्काल जानकारी गराउन आग्रह गरिएको छ।
📌 मुख्य बुँदाहरू:
– डिजिटल ठगीसम्बन्धी उजुरी तथा गुनासो तत्काल सम्बोधन गर्न १२४७ नम्बरको हटलाइन सञ्चालनमा ल्याइएको छ।
– प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा २४सै घण्टा काम गर्ने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ।
– ठगीमा परेकाहरूले सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई पनि तत्काल जानकारी गराउन आग्रह गरिएको छ।
नेपाल राष्ट्र बैंकले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी घटनाका उजुरी तथा गुनासो तत्काल सम्बोधन गराउन सर्वसाधारणलाई १२४७ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। पछिल्लो समय अनलाइनमार्फत हुने वित्तीय ठगीका घटनाहरू बढ्दै गएपछि केन्द्रीय बैंकले यसको प्रभावकारी काउन्टरका लागि नयाँ व्यवस्था सार्वजनिक गरेको हो।
राष्ट्र बैंकका अनुसार यस्ता घटनाको द्रुत र प्रभावकारी सम्बोधनका लागि प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा २४सै घण्टा सञ्चालन हुने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ। उक्त केन्द्रको हटलाइन नम्बर १२४७ मा सम्पर्क गरी अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीका घटनाबारे जानकारी गराउन र उजुरी दिन सकिनेछ।
खाता तथा वालेट सुरक्षित गर्न सुझाव
राष्ट्र बैंकले साइबर तथा वित्तीय ठगीमा परेमा वा शङ्कास्पद गतिविधि देखिएमा तत्काल उक्त नम्बरमा सम्पर्क गरी जानकारी गराउन र केन्द्रबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।
त्यसैगरी, ठगीमा परेको थाहा हुनेबित्तिकै आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराएर बैंक खाता तथा डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न पनि सर्वसाधारणलाई सचेत गराइएको छ।




















