९० दिन अन्तरिक्षमा बिताएर फर्किए तीन चिनियाँ अन्तरिक्ष यात्री

A notice in Nepali from Mechinagar Ward No. 10

सेनझाउ-आइटु मिसन क्रुले शुक्रबार चीनको गोबी मरूभूमिस्थित डोङफेङ ल्यान्डिङ साइटमा अवतरण गरेको ग्लोबल टाइम्सले जनाएको छ। तीन जना टाइकोनट्सहरूले चिनियाँ समयअनुसार दिउँसो १ बजेर ३४ मिनेटमा अवतरण गरेका थिए। चीनमा एस्ट्रोनट्सलाई टाइकोनट्स भनिन्छ।

अन्तरिक्षयानको क्याप्सुलमा मिसनका कमान्डर नेइ हाइशेङ्ग, लुई बोमिङ र ट्याङ्ग होङ्ग्बो थिए। उनीहरू ९० दिन अन्तरिक्षमा बसेर फर्किएको ग्लोबल टाइम्सले जनाएको छ।

उक्त पत्रिकाका अनुसार सिङ्गल फ्लाइट मिसनमार्फत् ९० दिन अन्तरिक्षमा बसेको सबैभन्दा लामो समय हो। क्याप्सुल अवतरण भएको केहीबेरमै चिनियाँ उद्धारकर्ता ल्यान्डिङ साइटमा पुगेका थिए। टाइकोनट्सहरूको स्वास्थ्य अवस्था सामान्य छ।

पृथ्वीमा फर्किने क्रममा टाइकोनट्स ट्याङ्ग होङ्ग्बो पेनसँग खेलिरहेको देखिएका थिए। यो मिसन सहज रूपमै सफल भएको बताइएको छ।
अवतरण गर्ने साइट मौसम, क्षेत्र, विकल्प र उद्धार सामग्रीका आधारमा छनोट गरिएको अन्तरिक्ष विज्ञ पाङ्ग झिहाओले बताए। उनका अनुसार यो मिसन अरूभन्दा कठिन थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.