इरान–अमेरिका तनाव चर्किँदै : १० इरानी अधिकारीमाथि अमेरिकाको इनाम घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

अमेरिकाले इरानका नवनियुक्त सर्वोच्च नेता मोजतबा खामेनीसहित १० जना उच्चस्तरीय इरानी अधिकारीबारे सूचना दिने व्यक्तिलाई इनाम दिने घोषणा गर्दै सूचना जारी गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार खामेनीसहित ती १० जनाबारे विश्वसनीय जानकारी उपलब्ध गराउने व्यक्तिलाई अधिकतम एक करोड अमेरिकी डलरसम्म इनाम प्रदान गरिने बताइएको छ।

यस सूचीमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीको नाम पनि समावेश छ। लारीजानी केही दिनअघि इरानमा भएको अमेरिकाविरोधी प्रदर्शनमा सार्वजनिक रूपमा देखिएका थिए। त्यस्तै मेजर जनरल रहिम सफावी, अली अस्गर हेजाजी लगायतका अधिकारीहरू पनि उक्त सूचीमा छन्।

अमेरिकाले ती व्यक्तिहरूको गतिविधिबारे जानकारी संकलन गर्ने प्रयास जारी राखेको जनाएको छ। यसअघि अमेरिकाले इरानका सर्वोच्च नेता आयातुल्ला खामेनीको हत्या गरिसकेको भन्ने दाबीसमेत विभिन्न स्रोतहरूमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.