बस व्यवसायी र विद्यार्थीबीच सहमति

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर : विद्यार्थीलाई बस चढाउने विषयमा भएको विवाद समाधान भएको छ । बस व्यवसायी र विद्यार्थीबीच बसमा चढाउने विषयमा निणर्य भएको हो ।

शनिबार मेचीनगर नगरपालिका कार्यालयमा बसेको विद्यार्थी, बस व्यवसायी र मेचीनगरपालिकाबीच भद्र सहमति गएिको छ । सहमतिपछि अब विद्यार्थीलाई सहजरुपमा बसहरुले चढाएर गन्तव्यसम्म पुर्याउने छन् ।

विद्यार्थीलाई कलेज जाँदा सार्वजानिक बसले नचढाउँदा मेचीनगरका विद्यार्थी केही महिनादेखि आन्दोलित थिए । तर, नगरपालिकामा बसेको सर्वपक्षीय भेलाले बसले कम्तीमा २० जना विद्यार्थीलाई चढाउने सहमति भएको विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कार्यालय सचिव सन्तोष धमलाले बताए । सछलफलमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी ज्ञानकुमार महतो, बस व्यवसायी संघका अध्यक्ष विष्णु श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक लीलाकुमार श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य खडानन्द भण्डारी, बस व्यवसायी कमल साह, हीमा दाहाल, चिरन्जीवी रेग्मी, विद्यार्थी नेता संस्कृति रिजाल, आशिष पौडेल, ईश्वर रिजाल, योगेश भण्डारी, सन्देश पौडेल, आर्यन पौडेल, बिनिता न्यौपाने सहभागी थिए ।

यस्ताछन् निणर्यहरु :

1) काँकरभिट्टा–इटाभट्टादेखि धुलाबारी चारआली बिर्तामोड जाने विद्यार्थीहरुले कलेज समयमा राज्यले निर्धारण गरेको भाडा लिई निर्धकरुपमा यात्रा गर्न पाउने ।

२) विद्यार्थीहरुले अनिवार्य रुपमा परिचय पत्र देखाई तोकेको भाडा तिर्नुपर्ने ।

३) विद्यार्थीहरुले विद्यालय, कलेज समयमा छुट्ने सबै बसहरुमा सामान्यता २० जना विद्यार्थी संख्या मिलाएर चढ्ने व्यवस्थापन गर्ने ।

४) बस व्यवसायीहरुले बस बिसौनी ठाउँहरुमा विद्यार्थीहरु भए अन्यन्त्र रोक्ने गरेको गुनासो भएका हुँदा त्यसो नगर्न र बस स्टेन्डमै रोक्नुपर्ने ।

५) विद्यार्थीहरु र व्यवसायीहरुबीच उपरोक्त बमोजिमको सहमति कार्यान्वयन गर्न(गराउने बस व्यवसायी, प्रहरी प्रशासन तर्फबाट अनुसन्धान गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.