मेचीनगरमा दुई दिन मात्र स्वाब संकलन गरिने, शुरु गर्यो नगरपालिकाले एन्टिजेन परीक्षण

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १८ जेठ । मेचीनगरमा कोभिड १९ को संक्रमण दर घट्दै गएपछि हप्तामा पीसीआर परीक्षणका लागि दुईदिनमात्र स्वाब संकलन गरिने भएको छ । यसैगरी, नगरपालिकाले आफ्नो तर्फबाट एन्टिजेन परीक्षणका लागि स्वाब संकलन कार्य शुरु गरेको छ । एन्टिजेन परीक्षणका लागि स्वाब पनि हप्ताको दुईदिन नै स्वाब संकलन गरिने छ । यसअघि दैनिक रुपमा नगरपालिकाका तर्फबाट पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दै गरिएको भएपनि पछिल्लो समय संक्रमण कम भएका कारण हप्ताको दुईदिन पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने नगर स्तरीय कोभिड संक्रमण नियन्त्रण कार्यदलले जनाएको छ ।

मेचीनगर नगरपालिकाले कोभिड १९ को संक्रमण छ कि छैन भन्ने पिसिआर र एन्टिजेन परीक्षणका लागि सातामा चारदिन स्वाब संकलन गर्ने भएको छ । नगर स्तरीय कोभिड संक्रमण नियन्त्रण कार्यदलका सचिव अनन्तप्रकाश वस्तीले जारी गर्नुभएको सार्वजनिक सूचना अनुसार साताको आइतबार र बुधबार मध्यान्ह १२ देखि १ बजेसम्म पिसिआर र सोमबार र शुक्रबार सोहि समयमा एन्टिजेन परीक्षणका लागि स्वाब संकलन गरिने उल्लेख छ । दुवै परीक्षणका लागि स्वाब संकलन स्थल भने मेचीनगर ८ मा रहेको आदर्श माध्यमिक विद्यालय परिसरलाई तोकिएको छ ।


नगरमा कोभिड १९ संक्रमण नियन्त्रणको क्रममा संक्रमितको पहिचान र समयमै उपचारको व्यवस्थापनका लागि परीक्षण अति आवश्यक देखिएकाले नगरपालिकाले नगरकार्यपालिकाकोतर्फ साप्ताहिकरुपमा पिसिआर र एन्टिजेन परीक्षणका लागि स्वाब संकलन गर्ने नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । यसअघि दैनिकरुपमा नगरपालिकाको तर्फबाट पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरिएको भएपनि पछिल्लो समय संक्रमण कम भएका कारण हप्ताको दुईदिन पीसीआर र नगरपालिकाले आफ्नो तर्फबाट पहिलो पटक एन्टिजेन परीक्षणका लागि स्वाब संकलन गर्न थालेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत समेत रहनु भएका वस्तीले जानकारी दिनुभयो ।

हेर्नुहोस् मेचीनगर नगरपालिकाको सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.