मेची भन्सार मोडमा मोटरसाइकल र कार ठोक्किँदा भारतीय नागरिक घाइते, दुवै सवारी नियन्त्रणमा

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, झापा । मेचीनगर नगरपालिका वडा नं ६ स्थित मेची भन्सारको यात्रु शाखातर्फ जाने मोडमा शनिबार दिउँसो सवारी दुर्घटना भएको छ। दुर्घटनामा परी एकजना भारतीय नागरिक घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार, पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको डब्लु बी ७४- बीटी ७८७७ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र.१-०१-०० च १३३६ नम्बरको कार एकआपसमा ठोकिएका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक पश्चिम बंगालको शिलीगुडी (चम्पासरी) निवासी ६० वर्षीय कुमार राई घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल यात्रु शाखातर्फ मोडिने क्रममा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ। प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र चालकहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.