१२ पदका लागि ३४ जनाको उम्मेद्वारी

दलका उम्मेद्वारदेखि स्वतन्त्रसम्म चुनावी मैदानमा

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, १२ चैत | आगामी चैत २१ गते शनिबार हुन गईरहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा कार्य समिति तथा लेखा समिति गरी कुल १२ पदका लागि ३४ जनाले विहीबार उम्मेद्वारी पत्र दर्ता गरेका छन् । एक/एकजना अध्यक्ष, उपाध्यक्ष, सचिवका लागि चार/चारजना तथा एक जना कोषाध्यक्षमा ३ जनाको उम्मेद्वारी दर्ता भएको छ । यसैगरी, एकजना लेखा समिति संयोजकमा दुई र दुईजना सदस्यका लागि ४ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

संस्थाको सभाकक्षमा रहेको निर्वाचन समितिले विहान ११ देखि अपरान्ह ३ बजेसम्मका लागि उम्मेद्वारी मनोनयन पत्र दर्ताका लागि समयसीमा तोकेको थियो । निर्वाचन समितिका निमित्त संयोजक हेमकुमार खड्काका अनुसार ९ जना कार्य समितिका लागि २७ जनाको उम्मेद्वारी दर्ता भएको छ । ३ सदस्यीय लेखा समितिमा ७ जनाको उम्मेद्वारी पत्र दर्ता भएको छ ।

निर्वाचनका लागि नेकपा एमाले र नेपाली काँग्रेसले दलिय भागवण्डामा उम्मेद्वारी खडा गरेका छन् भने प्रमुख पदसहित अन्य पदमा अन्य दलका र स्वतन्त्र उम्मेद्वारले पनि उम्मेद्वारी दर्ता गरेका छन् ।

नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रसँग मिलेर चुनावी मैदानमा उत्रिएको छ । लोकतान्त्रिक प्यानल नाम दिएको उक्त समूहको नेतृत्व वर्तमान समितिको अध्यक्ष हर्कबहादुर फियाक लिम्बुले गर्नुभएको छ भने नेकपा एमाले र राप्रपाको दलिय भागवण्डा मिले पछि राजकुमार पराजुलीको नेतृत्वमा साझा उम्मेद्वार खडा गरी चुनावी मैदानमा उत्रिएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालको गठबन्धनबाट अध्यक्षका लागि हर्कबहादुर फियाक लिम्बू चुनावी मैदानमा हुनुहुन्छ । उपाध्यक्षमा रिमा खरेल, सचिवमा दिलीपजंग सुब्बा, कोषाध्यक्षमा मिनाकुमारी कट्वालको उम्मेद्वारी दर्ता भएको छ ।

कार्य समितिको महिला सदस्यहरुमा जोश्ना राजवंशी र पार्वती खड्काले उम्मेद्वारी दर्ता गरेको छन्। सदस्यहरुमा खगराज भट्टराई, केदारजंग भट्टराई, शेरबहादुर थापा सदस्यका उम्मेद्वार रहेका छन् ।  लोकतान्त्रिक प्यानल समूहबाट लेखा समिति संयोजकमा कृष्ण कट्टेल तथा सदस्यहरुमा इन्दिरा बुडाथोकी अधिकारी र मीरा कार्कीको उम्मेद्वारी परेको छ ।

पराजुलीको समूहबाट उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा चन्द्रप्रसाद निरौला, कोषाध्यक्षमा हेमा सिटौलाको उम्मेद्वारी दर्ता भएको छ । यसैगरी राप्रपाको भागमा लेखा समितिको संयोजकको उम्मेद्वारमा जीवन थापालाई खडा गरिएको भने कार्य समितिको महिला सदस्यहरुमा सदस्यमा दुर्गा देवि भेटवाल, मिनमाया लिम्बू सुब्बाको उम्मेद्वारी परेको छ । सदस्यहरुमा रविन राउत, प्रितम काफ्ले, र नारायण काफ्लेको उम्मेद्वारी परेको छ भने लेखा समिति सदस्यमा सीता राई र टोलबहादुर सुनारलाई अघि सारेको छ ।

संघिय लोकतान्त्रिक मंचका तर्फबाट लीलानाथ आङ्गदम्बेले अध्यक्षमा उम्मेद्वारी दिनुभएको छ भने उपाध्यक्षमा राजु चेम्जोङ्ग र सचिवमा चन्द्रकुमार राईको उम्मेद्वारी परेको छ । यसैगरी, उक्त पार्टीबाट कोषाध्यक्षमा भवानी महत तथा सदस्यहरुमा भवानीविक्रम तुम्बापो र प्रकाश गुरुङ्गको उम्मेद्वारी पत्र दर्ता भएको छ ।

त्यसैगरी गणेशकुमार खरेलले स्वतन्त्ररुपमा अध्यक्षको उम्मेद्वारी मनोनयन पत्र दर्ता गराउनुभएको छ भने उपाध्यक्ष कृष्णबहादुर सुवेदी किरणको उम्मेद्वारी परेको छ । सचिवमा लक्ष्मीप्रसाद उप्रेतीको स्वतन्त्र उम्मेद्वारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । उक्त संस्थामा ५ हजार २ सय ७८ जना मतदाता रहेका छन् । समितिका सदस्य सुभद्रा भट्टराईका अनुसार शुक्रबार १ बजेसम्म उम्मेद्वारहरुमाथि दाबीविरोधको समयसीमा तोकेको छ ।  शनिवार ३ बजेसम्ममा उम्मेद्वारहरुले नाम फिर्ता लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.