कांग्रेस सरकारमा जान तयार, प्रचण्ड-माधव र जसपासँग सकारात्मक संवाद

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं | सरकारमा सहभागी हुने विषयमा तत्काल निर्णय नलिने निष्कर्षमा पुगेको नेपाली कांग्रेस सरकारमा जान तयार देखिएको छ। आफ्नो सहभागिता र सक्रियताबिना नयाँ सरकार बन्‍न नसक्‍ने र संक्रमण झन् लम्बिने विश्लेषण गर्दै कांग्रेस सरकारमा जान तयार देखिएको हो।

कांग्रेस नेतृत्वले नेकपाको प्रचण्ड -माधव पक्षसँग निरन्तर वार्ता गरिरहेको छ भने यो समीकरणमा जनता समाजवादी पार्टी (जसपा) पनि सकारात्मक देखिएको छ। अविश्‍वास प्रस्तावबाट ओलीलाई हटाएर देउवाको नेतृत्वको नयाँ सरकार बनाउने सम्बन्धमा कांग्रेस, प्रचण्ड -माधव पक्ष र जसपाबीच एक खालको समझदारी बन्दै गरेको कांग्रेसका एक नेताले बताए। ति नेताले भने, ‘छिटै यसले ठोस् आकार लिनेछ। अधिवेशन बस्‍नुअघि नै सबै कुरा स्पस्ट हुन्छ।’

बुधबार चितवनमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने अवसर आएमा कांग्रेस जिम्मेवारीबाट नभाग्‍ने बताउँदै सरकारमा जान तयार रहेको स्पष्ट सन्देश दिएका थिए। त्यसैगरी महामन्‍त्री शशांक कोइरालाले पनि प्रचण्ड -माधव पक्षसँग सहकार्य गरेर कांग्रेसले सरकार बनाउनुपर्ने बताएका थिए।

ओलीसँगको निकटताका कारण सरकारमा जान हुँदैन भनेर अडान लिइरहेका रामचन्द्र पौडेल पक्ष पनि प्रचण्ड -माधव पक्षसँग सहकार्य गर्नेमा सकारात्मक देखिएको छ । पौडेलले बिहीबार आयोजित एक कार्यक्रममा प्रचण्ड -माधव पक्षसँग सहकार्य गर्नुपर्ने धारणा राखेका छन्। यो बीचमा देउवा र पौडेल बसेर पटकपटक यसबारेमा छलफल गरेका छन् । सरकारको नेतृत्व छोड्नु हुँदैन भन्‍ने निष्कर्षमा दुवै नेता पुगेका छन् । यही विषयमा छलफल गर्न देउवाले बूढानीलकण्ठमा बिहीबार अपरान्ह पदाधिकारी बैठक बोलाएका छन्। सत्ता समीकरणको विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा शुक्रबार बस्ने कांग्रेस संसदीय दलको बैठकमा छलफल हुँदैछ ।

फागुन ११ गते सर्वोच्चले संसद् पुनर्स्थापनाको फैसला सुनाएको भोलिपल्ट नै नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति देउवासँग नयाँ सरकारका लागि सहकार्यका लागि प्रस्ताव पनि राखेका थिए। तर देउवाले नेकपाको आधिकारिताको विवाद टुंगो लागेपछि मात्र कांग्रेसले आफ्नो निर्णय लिने जवाफ दिएका थिए। त्यो भेटमा देउवाकै नेतृत्वमा सरकार निर्माण गर्ने कुरा स्पस्ट रुपमा भनिएको थिएन र मिलेर नयाँ सरकार बनाउँ मात्र भनिएकोले देउवाले स्पस्ट जवाफ दिएका थिएनन्।

तर संसद्‌मा पहिले विचाराधिन अविश्‍वास प्रस्तावमा वैकल्पिक प्रधानमन्‍त्रीका रुपमा प्रचण्डको नाम उल्लेख गरिएकोले पनि देउवा टिम पर्ख र हेर रणनीतिमा थियो। यो बीचमा प्रचण्ड -माधव पक्षले संसदमा पहिले दर्ता भएको अविश्‍वास प्रस्ताव अघि नबढाउने र नयाँ ढंगले अघि बढ्ने निर्णय गरेपछि कांग्रेससँगको संवाद सकारात्मक बन्दै गएको हो। प्रचण्ड -माधव पक्षका नेताले हरेक दिनजसो कांग्रेस र जसपाका नेताहरूसँग विभिन्‍न तहमा संवाद जारी राखेका छन्।

कांग्रेस नेता मिनेन्द्र रिजालले कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था र अवसरका बारेमा आन्तरिक रुपमा छलफल भइरहेको र सहकार्यका लागि दलहरूसँग संवाद पनि भइरहेको अन्‍नपूर्ण अनलाइनसँग बताए। उनले भने, ‘संवाद सकारात्मक रुपमा अघि बढेको छ। छिटै हामी पनि निष्कर्षमा पुग्छौं।’

नेकपा विवादको आधिकारिता टुंगो लाग्‍ने लक्षण नदेखेपपछि कांग्रेस आफै अग्रसर भएको हो। नेकपा विवादको आधिकारिता विवाद निर्वाचन आयोगमा अल्झिएको छ। नेकपा आधिकारिताको विवाद न निर्वाचन आयोले टुंगो लगाउने अवस्था छ न त पार्टी फुटाएर अलग्गै दल निर्माण गर्ने कानुनी अनुकुलतामा प्रचण्ड-माधव छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ। यतिबेला नेकपाका १७२ सांसद मध्ये आधा आधाको हाराहारीमा विभाजित छन्। प्रचण्ड–नेपल समूहतिर ८७ र ओली समूहतिर ८३ जना दाबी गरिएको छ र केही तटस्थ छन् । निर्णायक विन्दुमा १० जना यताउती हुन्छन् र बलियो समूह जता उतै जान्छन्। ओली र प्रचण्ड–नेपाल दुवैलाई १ सय ३८ सांसद पुर्याउन ६३ सांसद रहेको काँग्रेसकै साथ अनिवार्य जस्तै देखिएको छ।प्रतिनिधिसभामा ३४ सांसद रहेको जसपा पनि सत्ता समीकरणको निर्णायक भूमिकमा छ।

साभार: अन्नपुर्ण पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.