काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको साधारण सभा सम्पन्न

समाजसेवीदेखि कर्मचारीसम्म एउटै मञ्चमा सम्मान

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, २५ फागुन | काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बुधबार समाजसेवामा सक्रियदेखि जग्गादाता र खेलाडीसम्मलाई एउटै मञ्चमा पुरस्कृत र सम्मान गरेको छ ।

संस्थाको सभाहलमा २५ औँ वार्षिक साधारणसभाको अवसर पारेर आयोजित कार्यक्रममा समाजमा उदाहरणिय कार्य गरेको भन्दैं समाजसेवी सामाजिक व्यक्तित्व रामचन्द्र उप्रेती, धनप्रसाद गुरुङ्ग संस्थालाई जग्गा उपलब्ध गराउनुहुने जग्गादाता जसमाया लावती, वर्षोउत्कृष्ट कर्मचारी वुधराज लावती र दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल प्रदेश नम्बर १ का खेलाडीलाई एउटै मञ्चमा सम्मान गरेको हो ।

कर्मचारी र खेलाडीलाई क्रमस नगद ७ हजार र २५ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो भने समाजसेवी उप्रेती र गुरुङ्ग सम्मानपत्रसहित दोसल्ला ओढाईएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले पुरस्कृत एवम् सम्मानित व्यक्तित्वहरुलाई नगदसहित सम्मान पत्र प्रदान गदैं दोसल्ला पहिर्याउनु भएको थियो ।

संस्थाका अध्यक्ष हर्कबहादुर फियाक लिम्बुले साधारण सभाको उद्घाटन सत्रको सभापतित्व गदैं सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०५० सालमा स्थापना भएको यो संस्था मुलुककै सवैभन्दा जेठो उपभोक्ता संस्था रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यस संस्थाले अहिलेसम्म चारवटा ओभरहेड ट्याँकी र एउटा ग्राउण्ड लेवल ट्याँकीको माध्यमबाट १० वटा डिप बोरिङबाट पानी तानेर २४ सै घण्टा कुल ६ हजार १ सय ५० जना ग्राहकहरुलाई सुरक्षित पानी वितरण गरिरहेको बताईएको छ । मेचीनगरका वडानम्बर ३ मा १ सय २,वडानम्बर ४ मा ४, वडानम्बर ५ मा ६ सय ५३ वटा वडानम्बर ६ मा ३ हजार ४ सय ८८ वडानम्बर ७ मा १ हजार २ सय १५ र वडानम्बर ८ मा ६ सय ८८ धारा जडान भएको अध्यक्ष लिम्बुले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
वर्तमान सञ्चालक समितिको कार्यकाल, नगर विकास कोषको ऋण र संस्थाको आर्थिक अवस्था, दिशाजन्य लेदो व्यवस्थापन,सहुलियत धाराको वितरण, पाइप विस्तार, काँकरभिट्टा हाइवे र पाइप स्थानान्तरण, क्लाउड व्याकअप,कोभिड १९ र संस्था, वोरिङ्ग, आगामी योजना, वैकल्पिक स्रोतको खोजी,स्वीमिङ पुल, सहलगानी आयोजनालगायतका मुख्यः विषयलाई प्रतिवेदमा समेटिएको छ ।

संस्थाको पाइप विस्तार १ सय ५५ किलो मिटर रहेको र यति ठूलो क्षेत्र भएको हुँदा पाइप निरन्तर फुटी रहने, नगर विकास कोषको ठूलो रकमको सावाँ र व्याज भुक्तानी गर्नुपर्ने, उत्पादन सिमितता हुने वा नियमित ह्स आउने तर माग निरन्तर बढिरहने हुँदा माग र वितरणको सन्तुलन कायम राख्न कठिन हुने, मेचीनगर नगरपालिका वा वडा कार्यालयबाट सडक, ढल, पुल तथा कल्भर्टहरु निर्माण गर्दा संस्थाले पटक पटक अनुरोध गर्दा पनि समन्वय हुन नसक्दा वर्षेनी संस्थाको ठूलो क्षति हुने, निरन्तर रुपमा पानीको गुणस्तर कायम गर्नुपर्ने, परीक्षणका रुपमा बन्ने स्काडा सिस्टमलाई सफल बनाएर नमुना प्रस्तुत गर्नुपर्ने तथा पानीको बैकल्पिक स्रोत नहुनु संस्थाका मुख्यः चुनौतीरहेको अध्यक्ष लिम्बुले जानकारी गराउनुभयो ।

संस्थाका सचिव राजकुमार पराजुलीले सञ्चालन गरेको उद्घाटन सत्रको पानसमा दीप प्रज्वलन गरी उद्घाटन गदैं प्रमुख अतिथि नगर प्रमुख आचार्यले नेपालको संविधान २०७२ ले खानेपानीलाई जनताको मौलिक हकको रुपमा व्याख्या गरेको बताउदैं हरेक मानिसको शुद्घ पानी पिउन पाउनु नैसर्गिक अधिकार भएकाले सम्बन्धित संस्थाले उपभोक्ताहरुलाई सफा, शुद्घ र स्वस्थ्य पानी उपलब्ध गराउनु दायित्व रहेको बताउनुभयो ।
उहाँले नगर सरकार आफ्ना जनतालाई यो अधिकारबाट बञ्जित हुनु नपरोस भनेर नगरका प्रत्येक वडामा खानेपानी पुर्याउने लक्ष्यका साथ अघि बढेको विश्वास दिलाउनुभयो । उपप्रमुख उप्रेतीले यो संस्था देशकै सवैभन्दा जेठो उपभोक्ता संस्था रहेको भन्दैं यसले समाजका हरेक गतिविधिमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उपप्रमुख उप्रेतीले नगर सरकार अहिले पनि जहाँ जहाँ पिउने पानीको समस्या छ, जुन जुन वडाका वडावासी सफा, शुद्घ र स्वस्थ्य पानी पिउनबाट बञ्जित छन् त्यस्ता ठाउँको पहिचान गरी तत्काल खानेपानीको व्यवस्थापनमा जुट्ने बताउनुभयो ।

संस्थाका उपाध्यक्षा शारदा पराजुलीले शब्दद्वारा स्वगत गरेको उद्घाटन सत्रमा पुर्व अध्यक्ष सुर्यप्रकाश उप्रेती, धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष अजय घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल, सम्मानित व्यक्तित्वहरु रामचन्द्र उप्रेती, धनप्रसाद गुरुङ्ग, महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, राजनीतिकर्मीहरु डिल्लीराम घिमिरे, देवकुमार राई, सुरेन्द्र बुडाथोकी, ओमप्रकाश खापुङ्ग, सुशील आचार्यलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अधिकाँश वक्ताहरुले संस्थाले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुपको पानीे वितरण गरिरहेको तथा बोरिङबाट तानिएको पानीलाई प्रेसर फिल्टरबाट प्रशोधन गरी ट्याँकीमा स्टोर गरि ब्लिचिङ डोजिङ गरी पानी वितरण गर्ने गरेको प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.