मेरो लडाइँ प्रधानमन्त्रीका लागि होइनः प्रचण्ड

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नफो लडाइँ प्रधानमन्त्री हुनका लागि नभएको स्पष्ट पारेका छन्।

प्रकाश विकल्पद्धारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले मन नपराउनेको एक समूहले धेरै पहिले आफूलाई मार्न खोजेको, ‘जियाडोनो ग्रिनो’ बनाउन खोजेको तर जनताले बचाएको उल्लेख गर्दे आफ्नो लडाई प्रधानमन्त्रीका लागि नभई तीनै लक्षित वर्ग र समुदायको हितको लागि भएको स्पष्ट पारेका हुन्।

‘यथास्थितिवादी, परम्परावादी, लामो समय राज्य सञ्चालन जिम्मा लिएका मान्छेलाई नाम पनि मन पर्दैन। काम पनि मन पर्दैन। उनीहरुले कहीँ न कही टिप्पणी गरिनै राखेका हुन्छन्। मैले त्यसलाई अनौठो र अस्वभाविक मान्दिनँ’, उनले भने, ‘मलाई आफ्नै वर्गले ठिक ढंगले चिन्यो कि चिनेन? भन्ने कुरा बढी चिन्ताको विषय बनेको छ । मेरा विरोधीले मलाई आरोप लगाउनु, गाली गर्नु र आलोचना गर्नु किनभने मलाई एकाधरीले त मलाई मार्ने खोजेको हो नि त। अहिलेसम्म बाँचिरहिएको छु कताकताबाट। त्यो कसले बचायो भन्दा जनताले बचाएका हुन्, अरूले त होइन । जियाडोनो ग्रिनो त मलाई नै बनाउन खोज्या हो नि त। तर म दुई चोटि प्रधानमन्त्री भईसकेँ । अब मलाई प्रधानमन्त्री बन्ने हतारो पनि छैन। प्रधानमन्त्रीको निम्तिको लडाई पनि होइन मेरो।’

अध्यक्ष दाहालले केही मुठ्ठीभर व्यक्तिको आर्थिकस्तर माथि पुग्दैमा मुलुक सम्मृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन्।

उनले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाईमा अग्रसर भएमात्र सोही आधारमा सम्मृद्धिलाई नाप्न सकिने बताएका हुन्।

मानिस हुनुको नाताले चेतनाकोस्तर निरन्तर अघि बढेको छ कि, छैन भन्ने कुरा प्रमुख कुरा भएको भन्दै उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई सम्मृद्धि मान्न नसकिने बताए।

‘सम्मृद्धि केलाई भन्ने? केही मुठ्ठीभर व्यक्तिहरु अरबपति, खरबपति भए अरु धेरै व्यक्तिहरुले सामान्य मानवीय सुविधा त प्राप्त गरे तर धनी र गरिबको ग्याव, सामाजिक न्यायको स्तर, मानिसको चेतनाको स्तर र सभ्यताको स्तरमा अन्तर पर्‍यो भने त्यसलाई सम्मृद्धि भन्न सकिदैन’,उनले भने, ‘समग्र मानव समाज नै एउटा हार्मोनिममा, एउटा तादात्म्यमा सामाजिक न्यायसहित सभ्यताको एउटा नयाँ उचाई छुदै अगाडि बढेको छ कि छैन भन्ने नै मुख्य कुरा हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.