ब्रर्दश र सालबारी फुटबल क्लब विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

१० पौष, मेचीनगर : झापाको मेचीनगर —७ मा जारी प्रथम जोरसिमल कप फुटबल प्रतियोगिता २०८० अन्तर्गत मंगलबार भएको खेलमा ब्रर्दश फुटबल क्लब र सालबारी फुटबल कलब विजयी बनेका छन् । ब्रर्दश फुटबल क्लबले प्रतिस्पर्धी घोडाजीन फुटबल क्लबलाई टाईब्रेकरमा ४ एक गोलले पराजित गर्दै विजयी बनेको हो । निर्धारीत ६० मिनेटको खेलमा दुवै टिमले एक÷ एक गोलको बराबरी खेले पछि निर्णयको लागि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

निक्कै प्रतिस्पर्धा र रोमाञ्चक खेल प्रस्तुत गरेका थिए दुवै टिमले घोडाजीनका लागि पुजन मगरले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेल १ शुन्यले अघि बढिरहेका बखत ब्रर्दश फुटबल क्लबकातर्फबाट सन्दिप रसाईलीले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

अन्ततः निर्धारित समयसम्म कसैले पनि थप गोल गर्न नसकेपछि खेलको छिनोफानो टाईब्रेकरबाट गरिएको आयोजक जोरसिमल युवा क्लबका अध्यक्ष सञ्जय मेचेले जानकारी दिनुभयो । पहिलो खेलको म्यान अफ दि म्याच विजयी टिमका ब्रर्दशका गोलरक्ष्क रोमन क्षेत्रीले नगद ५ सय रुपैयाँसहित ट्रफी हात पार्नुभयो ।

यसैगरी, दोस्रो खेलमा चारआली फुटबल क्लबलाई २ का विरुद्घ ३ गोल गर्दै सालवारी फुटबल क्लब विजय बन्यो । सालवारीको जीतका लागि अर्जुन किस्कुले २ र बाबु धिमालले १ गोल गर्नुभएको थियो । उता चारआलीकातर्फबाट मनकुमार लिम्बुले २ गोल गर्नुभएको थियो । खेलको दोस्रो हााफको २२ औँ मिनेटमा किस्कुले मैदानको मध्यभाग बाट गरेको प्रहार चारआलीका गोलरक्षकले नियन्त्रणमा लिन नसक्दा निर्णयक गोल बन्यो र उहाँ खेलको म्यानअफ दि म्याच घोषित हुनुभयो । उहाँले नगद ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्नुभयो । दुवै खेलका म्यान अफ दी खेलाडीलाई खेलप्रेमी दिनेश तिवारीले नगद रट्रफी प्रदान गर्नुभएको थियो । भोली बुधबारको पहिलो खेल ज्यामिरगढी फुटबल क्लब र एनएफसी धुलावारी फुटबल कलब तथा दोस्रो खेल तुर्केनी फुटबल क्लब र देविगञ्ज फुटबल क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष मेचेले जानकारी दिनुभयो ।

आगामी पौष १६ गते हुने प्रतियोगिताको फाइनल खेलको विजेता टिमले नगद ३१ हजार तथा उपविजेता टिमले नगद २१ हजार रुपैयाँसहित शील्ड तथा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १२ वटा क्लबको सहभागिता रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.