नेकपा माओवादी केन्द्रका क्षेत्रीय संयोजक अर्यालले पदबाट राजीनामा दिए

A notice in Nepali from Mechinagar Ward No. 10

१५ जेठ, मेचीनगर :  नेकपा माओवादी केन्द्रका १ क्षेत्रीय कमिटी संयोजक माधवलाल अर्यालले आफ्नो पदबाट राजनीनामाको घोषणा गर्नुभएको छ । भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गर्दै नैतिकताका आधारमा आफुले सम्हाल्दैं आएको क्षेत्रीय कमिटीको संयोजक पदबाट नेता अर्यालले राजीनामा दिइएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ ।

नेकपा माओावदी केन्द्र १ नम्बर क्षेत्रीय कमिटीको संयोजक पदबाट राजीनामा दिएपनि गम्भीर आत्म समिक्षासहित पुनः पार्टीको कुनै कार्यकारी जिम्मेवारी विनै पार्टी र श्रमजीवि जनताको हित र मुक्तिको अभियानमा निरन्तर रहने उहाँले घोषणा गर्नुभएको छ ।

‘नैतिकताबिनाको राजनीति कल्पना पनि गर्न सकिन्न । राजनीतिक एजेण्डा, विचार र उच्च राजनीतिक संस्कारका हिसावले एक्लै चुनावमा सहभागी बन्दा पनि नेकपा माओवादी केन्द्रले सहज जित्नुपर्नेमा त्यो त सकिएन् नै, गठबन्धनको माध्यमबाट चुनाव लड्दा समेत अपेक्षित परिणाम प्राप्त गर्न नसकेका प्रति दुःख व्यक्त गर्दै नैतिकताका आधारमा आफुले सम्हाली आएको क्षेत्रीय कमिटीको संयोजक पदबाट राजीनामा दिदैंगम्भीर आत्म समिक्षासहित फेरिपनि कुनै कार्यकारी जिम्मेवारी विनै पार्टी र श्रमजीवि जनताको हित र मुक्तिको अभियानमा निरन्तर क्रियाशील रहने घोषणा गर्दछु । ’ नेता अर्यालले लेख्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.