भद्रपुरमा आईटी सेन्टर स्थापना

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर, १७ पुस । भद्रपुरमा उच्च स्तरीय प्रविधिमा सहजरुपमा पहुँच पुर्याउन सहयोग गर्ने लक्ष लिएर सजिलो खोज आईटी सेन्टर सञ्चालनमा ल्याइएको छ ।

भद्रपुरका प्रविधिमैत्री सोच भएका आकाश शर्मा लगायतका केही युवाहरू मिलेर सञ्चालनमा ल्याइएको सजिलो खोज आईटी सेन्टर सञ्चालनमा ल्याइएको हो ।

प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रमाया श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गरेको आईटी सेन्टर नगर भित्रकै उत्कृष्ट सेन्टर बनाइने सञ्चालकहरूले दावी गरेका छन् ।

आईटी सेन्टरका सञ्चालक शर्माको सभापतित्व तथा सांसद सरावगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, उपप्रमुख श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको स्वागत बन्धु कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.