५ साउन, मेचीनगरः अन्तर्राष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको १४ ओैँ पदस्थापन पछिको प्रथम बोर्ड बैठक शुक्रबार सम्पन्न भएको छ । १९ असारमा १४ ओैँ पदस्थापन कार्यक्रम सम्पन्न भएको थियो । काँकरभिट्टास्थित होटल ग्रेसमा भएको प्रथम बैठकले १४ औँ पदस्थापन कार्यक्रम समग्रमा सन्तोषजनक र नयाँपनमा भएको भन्दैं समिक्षात्मक विचार राखेका थिए ।
क्लबका सन् २०२३–२४ का अध्यक्ष इञ्जिनियर रूद्र मैनालीले बैठकको अध्यक्षता गर्दै मेचीनगर— २ को मेची जनसाधारण मावि परिसरमा निर्माण गरिएको शुद्घ पिउने पानीको आयोजना सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरी कार्य शुभारम्भ गरेको भन्दैं खुशी व्यक्त गर्नुभयो । उहाँले यस कार्यमा सकरात्मक भूमिका निर्वाह गर्नुहुने क्लबका सवै पदाधिकारीप्रति आभारसहित कृतज्ञता समेत ज्ञापन गर्नुभयो । त्यसपछि १ जुलाईमा आफुले कार्यभार सम्हाले पछि रोटरीकातर्फबाट प्रतिनिधित्व गर्दै विभिन्न महत्वपूर्ण कार्यक्रममा सहभागी भएको समेत बैठकलाई जानकारी गराउनुभयो । उहाँले यो टिमसँग रोटरीले निक्कै आशा लिएको हुँदा यसलाई पुरा गर्ने जिम्मेवारी सवैको भएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष इञ्जिनियर मैनालीले सहभागी सवैलाई १४ ओैँ पदस्थापनका बारेमा आ आफ्नो विचार राख्न समय दिनुभएको थियो । सहभागीहरुले यसअघिको पदस्थापन भन्दा १४ औँ पदस्थापन फरक शैलीमा भएका कारण यसले नयाँपन दिएको विचार राखेका थिए । उनीहरुले कार्यक्रम समग्रमा राम्रो देखिए पनि केही कमिकमजोरी देखिएको भन्दैं आगामी दिनमा त्यस्ता कार्यलाई नदोहोर्याउने प्रतिवद्घता समेत व्यक्त गरेका थिए । क्लबका प्रेसिडेन्ट नोमिनी उदयकुमार श्रेष्ठले १४ औँ पदस्थापनका बारेमा स्पष्ट जवाफ दिनुभएको थियो ।
अध्यक्ष इञ्जिनियर मैनालीले रोटरीको ‘मन्थ्ली थिम’ अन्तर्गत जुलाई ‘आमा र बच्चा’को स्वास्थ्य महिना भएकाले कस्तो कार्यक्रम गर्दा प्रभावकारी कसरी हुने भनेर जिज्ञाशा राख्नु भएको थियो । सहभागीले दुर्गम ठाउँका गर्भवती महिलालाई लक्षित गरेर विशेषज्ञ स्वास्थ्य शिविर राख्नु सुझाव दिएका थिए । त्यसका लागि क्लबका पूर्व अध्यक्ष दिलीप सुवेदी र प्रेसिडेन्ट ईलेक्ट डाक्टर आनन्दराज खनाललाई जिम्मेवारी तोकिएको छ । योजनासहित आर्थिकको इष्टमेट पेश गर्न भनिएको प्रोजेक्ट चियर दिपेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । यसैगरी हरेक महिनाका अलग अलग श्लोगन भएकाले ती श्लोगनलाई सार्थक बनाउन सवै रोटरियनहरु लाग्नुपर्ने अध्यक्ष इञ्जिनियर मैनालीको भनाई छ । उहाँले आफ्नो टिमको भावी योजना समेत सुनाउनुभयो ।
बैठकमा रोट्र्यक क्लब अफ काकरभिट्टाका पुर्व अध्यक्ष नितेश कुमार सिहं राजपुतलाई क्लबमा क्लबको नयाँ सदस्यको रुपमा खादा पहिर्याएर स्वागत गरिएको थियो । यसैगरी डिष्ट्रीकमा जिम्मेवारी प्राप्त गर्नुहुने क्लबका पूर्व अध्यक्षहरु दिलिप सुबेदी, राजु महर्जन, राधिका गुरुङ, सुजन प्रधान र सदस्य बिबेक श्रेष्ठको सम्मान गराईएको थियो । सहसचिव पेमा तामाङ्गले सञ्चालन गर्नुभएको बैठमा पूर्व अध्यक्षहरु राजु मर्हजन, मोहन निरौला, रोहितकुमार बुढाथोकी, राधिका गुरुङ, अशोककुमार श्रेष्ठ, प्रेसिडेन्ट ईलेक्ट डाक्टर आनन्दराज खनाल लगायतले आ आफ्नो विचार राख्नुभएको थियो ।

























