खेलाडीको विदाई

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा,२६ फागुन | शनिबारदेखि भक्तपुरमा हुन गइरहेको अन्तर नगरपालिका स्तरीय बुद्घिचाल प्रतियोगिता २०७७ मा मेचीनगर नगरपालिकाकातर्फ बाट सहभागी हुने खेलाडीलाई विहीबार विदाई गरिएको छ ।

मेचीनगर नगरपालिकाको प्रतिनिधित्व गदैं बुद्घिचालका राष्ट्रिय खेलाडी विश्वविजय घिमिरेको कप्तानीमा ६ सदस्यीय टोली भक्तपुर प्रस्थान गरेको हो । घिमिरे मेची युमा चेस एकाडेमीका अध्यक्ष समेत हुन् । भक्तपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा सहभागी हुन् भरत गुरुङ्ग, पदम रुपाचा, प्रकाश तामाङ्ग, विकास मैनाली भक्तपुर प्रस्थान गरेको हो । टिम म्यानेजरकारुपमा रञ्जित कार्की हुनुहुन्छ ।

नेपाल बहुउद्घेश्यीय सहकारी संस्था लि झापाको सभाकक्षमा मेची युमा चेस एकाडेमीले आयोजना गरेको विदाई कार्यक्रममा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली मेचीनगर नगरपालिका वडानम्बर— ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गले खादा पहिर्याएर विदाई गर्नुभएको थियो ।

विदाई कार्यक्रममा बोल्दैं प्रमुख अतिथि प्रदेशसभा सदस्य मैनालीले खेलाडीलाई उच्च मनोवलका साथ खेल प्रस्तुत गर्न सुझाव दिनुभयो । प्रदेशसभा सदस्य मैनालीले बुद्घिचाल खेल बुद्घिको प्रयोग गरेर खेल्नुपर्ने भन्दैं खेलाडीलाई धैर्य भएर खेल्न समेत सुझाव दिनुभयो । मेचीनगर नगरपालिका वडानम्बर— ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गले खेलमा अत्यन्तै अनुशासीत रुपमा प्रदर्शन गर्न भन्दैं मेचीनगर नगरपालिकाको नाम र शान राख्न शुभकामना दिनुभयो ।

मेची युमा चेस एकाडेमीका सचिव राजु पौडेलले विदाई कार्यक्रम सञ्चालन गदैं प्रतियोगितामा सहभागी हुन मेचीनगर नगरपालिकाले नगद ५० हजार रुपैयाँ समेत सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.