कोरोना विमाको रकम प्राप्त गर्दै झापाका सञ्चारकर्मीहरु

A notice in Nepali from Mechinagar Ward No. 10

तुलसी निरौला , बिर्तामोड

बिर्तामोड , माघ १०  । कोरोना भाइरसबाट पीडित झापाका सञ्चारकर्मी मध्ये तीन जनाले कोरोना विमाको भुक्तानी प्राप्त गरेका छन् ।
हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनीले शुक्रबार सञ्चारकर्मी माधव खतिवडा ‘कल्पित’लाई विमा वापतको रकम उपलब्ध गराएको छ । कम्पनीका बिर्तामोड शाखा प्रमुख सुशील थापाले कोरोना विमा वापतको एक लाख रुपैयाँको चेक नेपाल पत्रकार महासंघ झापा शाखाका सह सचिव केशव भट्टराई र सञ्चारकर्मी कल्पितलाई हस्तान्तरण गरेका हुन् ।

यस अघि पत्रकारहरु भूपाल लुइँटेल र रमेश तिवारीले कोरोना विमा वापतको रकम प्राप्त गरिसकेका छन् । झापाका ११ जना सञ्चारकर्मी कोरोना भाइरसबाट संक्रमित बनेका थिए । उनीहरु सहित झापाका अधिकांश संचारकर्मीको कोरोना विमा गरिएको छ । अन्य आठ जना संचारकर्मीको भुत्तानी हुनु पर्ने विमा रकम प्रक्रियामा रहेको इन्स्योरेन्स कम्पनीहरुले बताएका छन् ।
विमा वापतको चेक हस्तान्तरण गर्दै हिमालयन जेनेरलका शाखा प्रमुख थापाले कागजात मिलेका विमितको रकम भुत्तानी सकेसम्म चाडै गर्दै आइरहेको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.