प्रेरक प्रसंग : संसारको यथार्थ

A notice in Nepali from Mechinagar Ward No. 10
पर्शुराम रिजाल

एकजना युवक फूर्सद पाउनासाथ नजिकैको आश्रममा बस्ने महात्मा कहाँ पुगेर विचार विमर्शमा डुव्थ्यो। विमर्शको क्रममा एकदिन महात्माले भने, मातापिता र परिवारको भरण पोषण गर्नु हाम्रो कर्तव्य हो । तर मायामोहको वशमा परी त्यसैमा आशाक्त भएर जीवनलाई खुम्च्याउनु भने हुँदैन । त्यसैले, परिवारको भरणपोणका साथमा हामीले भगवानको स्मरणमा पनि उत्तिकै समय दिनुपर्छ ।

आफूलाई परिवारका हरेक सदस्यले प्राण झैं माया गर्छन् र आफूबिना उनीहरु मर्छन् ।

भन्दै युवक महात्माको विचारसित सहमत हुन सकेनन् । उनीहरुबीच यसबारे परीक्षा गर्ने सहमति भयो । सहमतिपछि युवक घर फर्कियो। घर पुग्नासाथ पेट दुख्यो भनेर भुइँमा पछारियो । परिवारका सबैजना भेला भए । युवकले मरेँ मरेँ भन्दा भन्दै प्राण त्याग्यो । परिवारका सबै सदस्य रुन कराउन थाले ।

त्यसैबेला ती महात्मा त्यहाँ आइपुगे । म मृतकलाई बचाइदिन सक्छु । मलाई अलिकति पानी दिनुहोस् । खुसी हुँदै युवककी पत्नीले तुरुन्तै जल ल्याइदिइन् । महात्माले मन्त्र पढ्दै भने ‘ल अब तपाईहरु मध्ये एकजनाले यो जल पिउनुहोस् । तर, याद गर्नुहोस्, जसले यो जल पिउँछ, ऊ मर्छ, अनि यो युवक उठ्छ । उपस्थित सबैजना मुखामुख गर्न थाले । अर्को बाँच्छ भनेर को मरोस् । छिमेकी सबै लाखा पाखा लागे । युवकका पिताले भने, म यो जल अवश्य पिउँथे तर, म मरे भने श्रीमतीको के हाल होला । माताले भनिन् ‘म पिउँथे तर म मरे भने यी बूढाको कन्तबिजोक हुन्छ । यिनी खानै नपाइ मर्न बेर छैन । त्यसैगरी ती युवककी श्रीमतीले भनिन् यी लालाबाला नभएको भए म पिउँथे । तर यिनको सुरक्षित भविष्यको लागि पनि मैले बाँच्न जरुरी छ ।

सबैको कुरा सुनेपछि महात्माले भने, त्यसो भए मै पिइदिऊँ त यो जलरु प्रस्ताव भुइँमा खस्न नपाउँदै सबैले एकै स्वरमा भने, हुन्छ हुन्छ तपाईं नै पिउँनुहोस् । तपाईंको त रुने कराउने पनि कोही छैनन् । त्यसपछि जुरुक्क उठेर युवकले भन्यो, महात्माजी, तपाईंले पिउनु पर्दैन । मैले संसारको वास्तविकता बुझेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.