पत्रकार आचारसंहिता उल्लङ्घन बढ्दो

A notice in Nepali from Mechinagar Ward No. 10

२८ असोज, काठमाडौँ : पछिल्लो समयमा सबैभन्दा बढी अनलाइन सञ्चारमाध्यमले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको देखिएको छ।

पछिल्लो समय अनलाइन र युट्युबका सामग्रीप्रति जनगुनासो बढ्दै गएपछि काउन्सिलले मुलुकभरका सञ्चारमाध्यमको नियमन गर्दै आएको छ।

त्यस्ता माध्यमबाट आएका सामग्रीबारे काउन्सिलमा उजुरी बढ्दो छ। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा काउन्सिलमा ६८ वटा उजुरी दर्ता भएको छ।

तीमध्ये अनलाइन मिडियाविरुद्ध ५२, छापामाध्यम विरुद्ध आठ, टिभीविरुद्ध तीन, अनलाइन टिभीविरुद्ध एक, युट्युब मिडियाविरुद्ध तीन र अन्य एक रहेका छन् ।

विगत तीन महिनामा रेडियोविरुद्ध भने कुनै उजुरी परेको देखिँदैन। त्यसमध्ये २९ वटा उजुरी फछ्र्योट भएको र कारबाहीका विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुँदा बाँकी (३९) उजुरी फछ्र्यौटको प्रक्रियामा रहेको काउन्सिलका प्रवक्ता दीपक खनालले जानकारी दिफ।

६८ मध्ये साउन र भदौमा २९/२९ र असोजमा १० वटा उजुरी परेको देखिन्छ। प्रदेशगत रुपमा अध्ययन गर्दा यस्तो उजुरी वाग्मती प्रदेशबाट ५४, गण्डकी प्रदेशबाट चार, लुम्बिनी र प्रदेश १ बाट तीन/तीन, प्रदेश २ र सुदूरपश्चिम प्रदेशबाट दुई/दुई तथा कर्णाली प्रदेशबाट एकवटा परेको छ।

काउन्सिलले अनधिकृत तवरले सञ्चालनमा आएका न्युज पोर्टलहरुलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ। प्रवक्ता खनालले दर्ताबिना सञ्चालित न्युज पोर्टलहरु र युट्युब च्यानलहरुलाई कानुनी दायरामा ल्याउन सञ्चालकलाई आग्रह गरे।

काउन्सिलले गत जेठको दोस्रो साता यता ७८ वटा न्युज पोर्टललाई दर्ता प्रक्रियामा ल्याउन पत्राचार गरेको छ।

प्रवक्ता खनालले भने, ‘अनधिकृत रुपमा सञ्चालित ती न्युज पोर्टललाई कानुनी दायरामा ल्याउन र पत्रकार आचारसंहिताको पूर्ण पालना गराउनका लागि सचेतसमेत गराएको छ, तीमध्ये नौवटा न्युज पोर्टलले कानुनी प्रक्रिया पूरा गरिसकेका छन् भने आचारसंहिता पालना गर्ने लिखित सम्झौतापश्चात् काउन्सिलमा सूचीकृतसमेत भएका छन्।’

काउन्सिलले पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउने उद्देश्यले पत्रकार आचारसंहिता-२०७३  जारी गरेको थियो।

आचारसंहितामा सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण र हिंसा, आतङ्क, अश्लीलता र अपराधलाई प्रश्रय हुनलगायत पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने भनी उल्लेख गरिएको छ।

उजुरीकर्ता र सम्बन्धित मिडियाका सञ्चालक/सम्पादक/प्रतिनिधिबीच काउन्सिलको रोहवरमा छलफलमार्फत मेलमिलाप गराउने क्रम जारी राखिएको छ। काउन्सिलले विगत ३ महिनामा ६ वटा त्यस्ता छलफल गराइएकामा एउटालाई मेलमिलाप गराइएको छ।

बाँकी पाँचवटा छलफलको प्रक्रियामा रहेका छन्। आचारसंहिताको सीमाभित्र रही सञ्चार सामग्री दिन र स्वस्थ पत्रकारिताको विकासमा सहयोग पुर्‍य‍ाउन काउन्सिलले सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ।

काठमाडौँप्रेसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.