१२ बजेसम्म ३५ प्रतिशत मत खस्यो, केही ठाउँमा झडप हुँदा रोकिएको मतदान खुलाउने प्रयास

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं। स्थानीय तह निर्वाचनमा हालसम्म ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
केही ठाउँहरुमा झडप र विवादले मतदान केही बेर रोकिएको भए पनि अधिकांश ठाउँमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले केही ठाउँहरुमा निर्वाचन रोकिएर फेरि सुरु भएको जानकारी दिए। निर्वाचन अधिकृत र जिल्ला प्रशासन कार्यालयको रोहवरमा निर्वाचन सुरु भएको छ।

दोलखा, सर्लाही, सप्तरी,रामेछाप,पर्वत, हुम्ला र बाजुरामा लगायतका ठाउँमा केही बेर निर्वाचन रोकिएको थियो। १० हजार ७ सय ५६ मतदान केन्द्रमा मतदानको काम भइरहेको निर्वाचन आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.