हवाई भाडा वृद्धि

A notice in Nepali from Mechinagar Ward No. 10

९ जेठ, काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि हवाई भाडा समेत बढेको छ । वायुसेवा सञ्चालक संघले बुधबारबाट बढेको मूल्य लागु हुने गरी हवाई भाडा बढेको जानकारी गराएको हो ।

संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो । यसअघि इन्धनको मूल्य ६ हजार ८९० रुपैयाँ रहेको यो रुटमा अब इन्धनको मूल्य मात्र ७ हजार ३३५ रुपैयाँ पुगेको हो ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुर्‍याएको छ । अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४० रुपैयाँ मूल्य बढेको छ । माउन्टेन फ्लाइटको मूल्य १३ हजार ७६५ रुपैयाँ पुगेको छ ।

काठमाडौं–भद्रपुर ३ सय, काठमाडौं– विराटनगर २४०, काठमाडौं–जनकपुर १३०, काठमाडौं–भरतपुर ११०, काठमाडौं–पोखरा १६०, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्ज ३२५, काठमाडौं–तुम्लिङटार १८५ र काठमाडौं–सिमरा रुटमा ९० रुपैयाँ भाडा बढेको छ ।

हेर्नुहोस् भाडादर सूचीः

अनलाइनखबरबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.