बालिका बलात्कार अभियोग : आराेपित पाण्डेलाई पाँच दिन हिरासतमा राख्ने अनुमति

A notice in Nepali from Mechinagar Ward No. 10

९ जेठ, काठमाडौँ : सौन्दर्य प्रतियोगिताको नाममा आठ वर्षअघि एक बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को कसुरअनुसार उनीमाथि अनुसन्धान भइरहेको छ।  पक्राउ परेका पाण्डे परिसरको हिरासतमा छन्।

पीडित युवतीले गत बुधबार सामाजिक सञ्जालमार्फत बलात्कारको घटना सार्वजनिक गरेकी थिइन्। त्यसलगत्तै उनले अधिकारकर्मीहरूको सहयोगमा मानव बेचबिखन तथा ओसारपसार ऐनविरुद्धको कसुरमा परिसरमा जाहेरी दिएकी थिइन्। घटनाबारे सामाजिक सञ्जालबाट दबाब आउन थालेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो।

मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिताका आयोजक ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक पाण्डेबाटै पीडित भएको भन्दै आइतबार अर्की एक युवतीले पनि प्रहरी परिसरमा जाहेरी दिएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.