नेम्वाङ र खड्काबीच कडा टक्कर रहेकाे इलाम-२ को मतगणना राेकियाे

A notice in Nepali from Mechinagar Ward No. 10

१० मंसिर, इलाम : इलाम जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ को मतगणना रोकिएको छ।

अन्तिम वडाको मत गन्दागन्दै गणना रोकिएको हो। त्यहाँ संविधानसभाका पूर्वसभामुखसमेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ र सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्काबीच झिनो मतान्तरमा कडा टक्कर भइरहेको छ।

इलाम नगरपालिकाका-१ को मत मात्र गन्न बाँकी रहँदा दुई नेता १३० मतले अघपिछि रहेको जनाइएको छ। वडा २ को गणनाका क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै कांग्रेसले विरोध जनाएपछि वडा १ काे गणना रोकिएको हो।

गणनास्थलमा कांग्रेस समर्थकले नाराबाजी गरिरहेकाले गणनास्थलमा सुरक्षाकर्मी बढाइएको छ। मतगणना रोकिएको इलाम १ मा गत स्थानीय निर्वाचनमा कांग्रेसले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.