मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति दिएको छैनौं : प्रधानमन्त्री

A notice in Nepali from Mechinagar Ward No. 10

२३ फागुन, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति नदिएको बताएका छन् ।

हालै मात्र एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाएका थिए ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले ओलीको नाम त लिएनन् । तर मुस्ताङको विषयमा चर्चा भइरहेको भन्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्न धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको बताए । उनले अघि भने, ‘नेपाल सरकारले कहीँकतै स्विकृति दिएको छैन ।’

मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.