नाट्टा कोशीको सहकार्यमा टुरिजम बोर्डको कार्यक्रम सिलोङमा सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

सिलोङ : नेपाल टुरिजम बोर्डको आयोजना र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स संघ ( नाट्टा ) कोशी प्रदेशको सहआयोजनामा भारतको मेघालय स्थित सिलोङमा पर्यटन प्रचार कार्यक्रम ( TOURISM PROMOTION PROGRAM) सम्पन्न भएको छ ।

शुक्रबार  टुरिजम बोर्ड, नाट्टा र भारतीय सरकार पर्यटन विभाग, मेघालय सरकारका प्रतिनिधि र सिलोङका पर्यटन व्यवसायीहरू बीच नेपाल-भारत बीटुबी सम्बन्धका बारेमा सम्वाद भएको नाट्टा कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले बताउनु भयो।

कार्यक्रममा नेपाल टुरिजम बोर्डका मेनेजर सूर्य थपलियाले नेपाली पर्यटन क्षेत्रको बारेमा चर्चा गर्नुभएको थियो ।।
इन्डिया टुरिजम तथा मिनिस्टर टुरिजम प्रमुख एनजीलिलावती, होटल व्यवसाय संघ सिलोङका अध्यक्ष परमवीर सिंह, इष्टन हिमालय ट्राभल एन्ड टुर एसोसिएसनका महासचिव सन्दिपन घोसले मन्तव्य राख्नुभएको थियो । ।
कार्यक्रममा टुरिजम बोर्डका कर्मचारी गोपाल भण्डारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.