कार र मोटरसाइकलको अस्थायी पैठारी शुल्क बढ्यो : कारको लागि रु.६००/– र मोटरसाइकलको लागि रु.२००/– बुझाउनु पर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

१६ जेठ, काँकरभिट्टा : सरकारले बजेट मार्फत हलुका सवारी कार र मोटरसाइकलको अस्थायी पैठारी शुल्क बढाएको छ । हिजो बजेट घोषणा भएपछि आजबाटै बढेको पैठारी शुल्क भन्सार प्रशासनले लागु गरिसकेको छ । भारतबाट घुम्न र व्यवसायिक काममा नेपाल आउने पर्यटक र व्यापारीहरुले अब कारको लागि रु.६००/– र मोटरसाइकलको लागि रु.२००/– अस्थायी पैठारी शुल्क बुझाउनु पर्नेछ । यस अघि कारका लागि रु.५००/– र मोटरसाइकलको लागि रु.१५०/– भन्सार शुल्क बुझाएर नेपाल प्रवेश गर्न पाइन्थ्यो ।
सरकारले एकातिर पर्यटनको विकासमा जोड दिइरहेको छ भने अर्कोतिर नेपाली पर्यटनको ठूलो हिस्सा ओगट्ने भारतीय पर्यटकहरु आउँने सवारी साधनको भन्सार महशुल बढाएर बिरोधावास निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.